राष्ट्रियसभा निर्वाचन :  मधेश प्रदेशमा दुई सय बढी मतदाताले गरे मतदान

राष्ट्रियसभा निर्वाचन :  मधेश प्रदेशमा दुई सय बढी मतदाताले गरे मतदान
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जनकपुरधाम : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म मधेस प्रदेशमा दुई सय बढीले मतदान गरेका छन् । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका हालसम्म १२० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ८० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा १ सय जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।

मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीन जनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले,नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो ।

जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन् । मधेस प्रदेशमा अन्य,महिला,दलित र अपांगता अल्पसंख्यक समूहमा निर्वाचन हुँदैछ । अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन्। 

उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय मात्र भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ । यस्तै, महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्। 

दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन्। अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.