कांग्रेसको जनकपुरमा हुने भनिएको मधेस सभा स्थगित
जनकपुरधाम : यही माघ १६ गते जनकपुरधाममा नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशाल मधेस सभा हाललाई स्थगित भएको छ। मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।
आगामी मिति र कार्यक्रम तालिका पछि सार्वजनिक गरिने उनले जानकारी दिए । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको समेत जनाए ।
प्रतिक्रिया दिनुहोस !