election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले र प्रगतिशीलबीच चुनावी गठबन्धन, प्रचण्डको क्षेत्रमा एमालेले प्रगतिशीललाई सघाउने

एमाले र प्रगतिशीलबीच चुनावी गठबन्धन, प्रचण्डको क्षेत्रमा एमालेले प्रगतिशीललाई सघाउने

काठमाडौं : नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। 

पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्।

त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमाले उम्मेद्वारलाई सघाउने सहमति पनि भएको छ। दुवै पार्टीहरूले उपरोक्त सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र प्रगतिशीलबाट अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.