election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा घिमिरे, झाँक्री र केसी विजयी

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा घिमिरे, झाँक्री र केसी विजयी

दाङ : राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्। 

कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट उम्मेदवारी थियो। अन्तिम मत परिणाम अनुसार सहकार्य गरेका काङ्ग्रेस  एमालेका उम्मेदवार विजयी भएका छन्। 

कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे (जंगली ) ६३२२ र अन्य कोटामा रेसुंगा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसी(६३२२) महिलामा एमालेबाट गुल्मी कै रामकुमारी झाँक्री (६३०३) मतभार प्राप्त गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा २९९ मतदाता मध्ये २८६ मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिए। लुम्बिनी प्रदेश सभाका ८३ मध्ये ७८ जना र स्थानीय तहका २१६ मध्ये २०८ जना गरी २८६ मत खसेको हो।

लुम्बिनी प्रदेश सभाका राप्रपाका ४ प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका एक जना गरी ५ जना अनुपस्थित देखिएका  थिए।  स्थानीय तहका ८ जना गरी १३ मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.