मधेशमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित

मधेशमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित
सुन्नुहोस्

जनकपुरधाम : राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार निर्वाचित भएको छ। आइतबार विभिन्न चार समूहको चार सिटका लागि मतदान भएकोमा अन्यमा जनता समाजवादी पार्टी (नेपाल)का संरक्षक महन्थ ठाकुर, महिलामा नेकपा एमालेकी रेखा झा, दलितमा नेपाली कांग्रेसका धमेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्याक समूहमा कांग्रेसकै रञ्जित कर्ण निर्वाचित भएका छन्। 

जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ अंकभार (मत) प्राप्त गरेर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का लक्ष्मण पौडेलले १ हजार ८ सय ५ अंकभार प्राप्त गरे। 

महिला समूहमा एमालेकी रेखा झाले ७ हजार २ सय २२ अंकभार ल्याएर निर्वाचित भएकी छन् भने उनकी निकटम प्रतिद्वन्द्वी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ र जसपा नेपालकी चन्द्रकला देवी साहले ३२२ अंकभार मत प्राप्त गरेकी छन्। 

अपाङ्गता/अल्पसंख्यक समूहमा कांग्रेसका रञ्जित कर्णले ८ हजार ९३ अंकभार भएको मत पाएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ र जसपा नेपालका शैलेश कुमार चौधरीले २७७ अंकभार भएको मत पाएका छन्। 

दलित समूहमा कांग्रेसका धर्मेन्द्र पासवान ७ हजार ९०४ अंकभार भएको मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका शम्भु पासवान हजारीले १ हजार ३७६ अंकभार भएको मत प्राप्त गरेका छन्। त्यस्तै जसपा नेपालकी चमेली देवी दासले २०९ अंकभार भएको मत प्राप्त गरेकी हुन्। जसपा नेपालले अन्य बाहेकका तीन उम्मेदवारलाई निस्क्रिय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.