क्यानाडाको हिमालयन तेक्वान्दोद्वारा प्रशिक्षार्थीलाई ब्ल्याक बेल्ट वितरण
एडमन्टन : एडमन्टन सहरमा सन् २०१६ मा स्थापना भएको हिमालयन तेक्वान्दोले दोस्रो र तेस्रो ब्याजका प्रशिक्षार्थीहरूलाई ब्ल्याक बेल्ट, प्रमाण पत्र एवं ब्याच वितरण गरेको छ। आफ्नो दशौँ वार्षिक उत्सवको अवसरमा सेन्ट अल्बर्ट कम्युनिटी हलमा आयोजित कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र प्रदान गरिएको हो।
कार्यक्रममा हिमालयन तेक्वान्दोका प्रशिक्षक राजु गड्तौलाले हालः ९० जना नेपाली बालबालिकाहरूलाई प्रशिक्षण प्रदान गरिएको बताए। अभिभावक कृष्ण निरौलाले यस तेक्वान्दो स्कुलले विदेशमा रहेर पनि दक्ष एवं अनुभवी नेपाली प्रशिक्षकबाट प्राप्त ज्ञानले बालबालिकाहरूको शारीरिक एवं मस्तिष्क विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रममा २५० भन्दा बढीको उपस्थिति थियो।
तेक्वान्दो प्रशिक्षार्थीहरू भविस लामिछाने, एरिक पौडेल, प्रियल गुरुङ, आरम्भ खरेल, विवेक तिमिल्सेना, आयुष ओझा र आर्यन भट्टराईलाई एडमन्टनमा रहेका जेष्ठ बुबाआमाहरूबाट प्रमाणपत्र, ब्याच र ब्ल्याक बेल्ट प्रदान गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक राजु गड्तौलालाई उनले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप प्रमाणपत्र र अवार्ड पनि प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !