स्वतन्त्रताको बिहानी
आमा, तिम्रा सन्तानले
भविष्य जोगाउने बाटो रोजे¸ आमा .... ।
वीरगतिमा अडिएका उनका पाइलाहरू¸ हाम्रो आत्माको दिशा बने,
रगतमा उनले लेखेर छाडेका सपनाहरू¸ स्वाधीनताको भाषा बने¸
डरले ढलेनन् आमा¸ विजयको गर्जनमा अमरत्वको प्रवेशद्वार खोले
आहुति चढेका सपनाको निरन्तरता आजको बिहानी उनकै देन हो¸ आमा .... ।
राष्ट्रिय प्रतिज्ञामा उभिरहेछन् लाखौँ मनहरु
वर्तमान बनेर हरेक निरंकुशताका भयहरुमा
सत्यको साहस बनेर इमान र राष्ट्रिय भावहरुमा
हरेक नेपालीका हृदय अनि ओठहरुमा
मुटुका स्पन्दन र हरेक धड्कनहरुमा
अमर छन् हरेक नेपाली मन मनमा ।
स्वतन्त्रताको संरक्षण सम्वर्द्धन आज उनकै पाइलाहरूमा
स्वाधिनतालाई शिरमा राखेर लम्किरहेछन् उनैका लयहरुमा
अब जाने छैन उ¸ आमा तिमीलाई छाडेर,
उसले रोपेका फूलहरु फक्रिएर फूलीसके
लाखौँ कोपिलाहरु अझै उदाउँदैछन्
चन्द्र सूर्यको छहारीमा नेपाली मुटुहरुमा
हामीसँगै छन् आमा अब कहिल्यै छोडेर नजाने गरी ।
आमा, तिम्रा सन्तानले
आफ्नो आहुति दिएर चेतना खोजे
आफूलाई जोगाउने बाटो छोडेर, भविष्य जोगाउने बाटो रोजे¸ आमा .... ।
आफूलाई जोगाउने बाटो छोडेर, भविष्य जोगाउने बाटो रोजे .... ।
०००
प्रतिक्रिया दिनुहोस !