सरकारीमा हाजिर, निजीमा काम

सरकारीमा हाजिर, निजीमा काम
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम १४ मुजेलियास्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा गत माघ ११ गते आइतबार दिनको ठीक ११:२५ बज्दै थियो। ओपीडीमा चेकजाँचका लागि टिकट लिने तथा चेकजाँचको लागि मानिसको थोरै भीडभाड लागेको थियो। अस्पतालमा केही तल्लो तहका चिकित्सकबाहेक प्रमुख चिकित्सक थिएनन्।

१० बजेदेखि डाक्टर कुरिरहेका बिरामी दिउँसो १ बजेसम्म कुरिरहे तर, चिकित्सक आइपुगेनन्। कविराज, एकजना वैद्य र केही करारका कर्मचारीहरू र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालित थियो। तर, कार्यालय प्रमुख डा. महारुद्रकुमार ठाकुर कार्यालयमा थिएनन्। उनको हाजिर भने १० बजे नै बनिसकेको थियो।

यस्तै सोमबार दिनको ठीक १२ बजे पनि अवस्था उस्तै थियो। प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. ठाकुरको हाजिर भए पनि उनी कार्यालयमा उपस्थित थिएनन्। मंगलबार दिनको १ बजेर ३० मिनेट जाँदासमेत कार्यालयमा उनको हाजिर भएको देखिए पनि उनी कार्यालयमा देखिएनन्। उनी दैनिकजसो सधैं बिहानको १० बजे आउने र हाजिर गरेर जाने तथा पुनः कार्यालय समाप्त हुने समयमा कार्यालयमा उपस्थित भएर हाजिर गर्ने उनको नियमित डियुटी हुने गरेको पाइएको छ।

मधेसको प्रदेश स्तरीय कार्यालय प्रमुख डा. महारुद्रकुमार ठाकुर सरकारीमा हाजिर गरेर उनले जनकपुरधाम उपमहानगरपालिका ६ बाह्रबिघास्थित उनले सञ्चालन गरेको क्लिनिक जानकी अल्ट्रासाउन्ड एन्ड इमेजिङ सेन्टरमा बस्ने गरेको पाइएको छ। डा. ठाकुरले दैनिक रूपमै सरकारीमा हाजिर गरेर निजी क्लिनिकमा ड्युटी बजाएर तलब भत्ता पड्काउने गरेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कर्मचारीहरूले नाम नबताउने शर्तमा बताए।

कर्मचारीहरूलाई सोधपुछ गर्दा हाकिम साब दैनिकी रूपमा आउनु त हुन्छ, तर बस्नुहुन्न। बिहान १० बजेदेखि साढे १०–११ मा आउनुहुन्छ हाजिर गरेर बिरामी भए १–२ बिरामी हेरेर जानुहुन्छ, फेरि ३–४ बजे आउनुहुन्छ र हाजिर गरेर जानुहुन्छ आफ्नो क्लिनिकमा!’ उनी यतिमै रोकिएनन् थप्दै भने, ‘सर! मधेस प्रदेश सरकारको ८ जिल्लामा विगत दुई वर्षदेखि स्वर्णविन्दु प्राशनलगायतका धेरै कार्यक्रम सञ्चालनमा छ, तर हाम्रो कार्यालयमा बजेट आउँछ तर बजेट फ्रिज हुने गरेको छ।

यसपालि पनि मधेस प्रदेश सरकारको रेडबुकमा उक्त कार्यक्रममा बजेट आएको छ, तर कार्यक्रम सञ्चालनमा छैन। जबकी बाँकी ७ जिल्लामा कार्यक्रम द्रुत गतिमा सञ्चालन भइरहेको छ। संघ सरकारको नरदेवी आयुर्वेद चिकित्सालयमा दरबन्दी रहेका डा.महारुद्रकुमार ठाकुर प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जनकपुरको प्रमुखको रूपमा जिम्मेवारी पाएको बिगत दुई वर्षदेखि कार्यालयको अन्य कार्यक्रमहरूको बजेट पनि फ्रिज हुँदै आएको बुझ्नमा आएको छ।

संघीय सरकारको कर्मचारी रहेका डा. महारुद्रकुमार ठाकुर यसअघि पनि जनकपुर आयुर्वेद औषधालयको प्रमुख हुँदा हाजिर गरेर निजी क्लिनिकमा काम गरेको समाचाहरू प्रकाशन प्रसारण भएको थियो। ठाकुरको दरबन्दी नरदेवी आयुर्वेद चिकित्सालय, नरदेवी काठमाडौंमा रहे पनि पाँच–छौं वर्षदेखि उनी काजमा मधेसमा रहेका छन्। जबकी संघीय सरकारको कर्मचारी काजमा बढीमा तीन वर्ष मात्र बस्न पाउने प्रावधान छ।

तर, डा. ठाकुरले मधेस प्रदेश सरकारलाई रिझाएर पाँच वर्षदेखि मधेस प्रदेशमा आफ्नो जारो गाडेर बसेका छन्। जबकि प्रदेशअन्तर्गत रिक्त रहेको पद लोकसेवा आयोगद्वारा पदपूर्ति गर्ने कानुनी व्यवस्था रहेको छ। आफ्ना पत्नीको नाममा सञ्चालन गरेको इमेजिङ सेन्टरमा कार्यरत महारुद्र आयुर्वेद चिकित्सक हुन्। उनी रेडियोलोजी विषयमा एमडीसमेत उत्तीर्ण नगरेको र नेपाल मेडिकल काउन्सिलबाट इजाजत नै नलिई भिडियो एक्स–रेसम्बन्धी काम गरिरहेको जनकपुरधामका विभिन्न अल्ट्रासाउन्ड सेन्टरमा कार्यरत रेडियोलोजिस्टले आरोप लगाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.