मरहा खोलामा अवैध उत्खनन बन्द गर्न निर्देशन

मरहा खोलामा अवैध उत्खनन बन्द गर्न निर्देशन

जनकपुरधाम : गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो।  

महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, उपप्रमुख रेणु कुमारी महतो, महोत्तरी प्रहरी प्रमुख हेरम्ब शर्मा, जिल्ला समन्वय समितिका जिल्ला अनुगमन उपसमिति संयोजक जिल्ला समन्वय अधिकारी राधेश्याम ठाकुर सहितको टोलीले गरेको अनुगमनमा माघ ११ र १२ गते राति उच्चतम् विन्दुसम्म अवैध उत्खनन भई क्रसरमा गिट्टी बालुवा थुपारिएको पाइएपछि रोक लगाइएको छ। 

स्थलगत अनुगमनका क्रममा जाँदा नापको क्रममा अवैध उत्खनन मरहाको विभिन्न क्षेत्रबाट अत्यधिक परिमाणमा नदीजन्य पदार्थ लुकाई छिपाई राखिएको हुँदा उक्त सामग्री खोजतलास गरी नापजाँच गर्नुपर्ने अवस्थासम्म क्रसर पूर्ण रुपमा बन्द राख्न निर्देशनात्मक आदेश जारी गरिएको छ।

टोलीले गौशालाको मरहा नदीमा अवैध उत्खनन गम्भीर त्रुटि भएको जिल्ला अनुगमन उपसमितिले ठहर गर्दै नदी किनारमा रहेका क्रसर उद्योगहरु रात्रिकालीन समयमा २० फिट गहिराईसम्म उत्खनन गरी बालुवाले छोपेर लुकाउन खोजेको र दर्जनौं स्थानमा १० फिट भन्दा गहिरो खाल्डो फेला परेको जिल्ला अनुगमन उपसमितिका संयोजक राधेश्याम ठाकुरले बताए। 

स्थानीय उपप्रमुख महतोले माघ १५ गतेबाट लागू हुने गरी गौशाला नगरपालिका भित्र रहेको सम्पूर्ण कसर उद्योगहरुले प्रशोधन, विक्री वितरण तथा ढुवानी खोजतलास र नापजाँच नहुन्जेलसम्म बन्द गर्न पत्राचार गरेकी हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.