प्लानिङ ब्वाइजसँग पराजित काँक्रेविहार जितविहीन
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत सुर्खेतको काँक्रेविहार क्लबलाई प्लानिङ ब्वाइज युनाइटेडले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रेविहारलाई ३–० ले पराजित गरेको हो । यो खेलमा पनि हार व्यहोर्दा काँक्रेविहारले हालसम्म प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेको छैन ।
खेलको पाँचौं मिनेटमा बबीन बोहोराले गोल गर्दै अग्रता बनाएको थियो । १२ औं मिनेटमा रोमन भुजेलले गोल गर्दै दोहोरो अग्रता बनाएका हुन् । पहिलो हाफमा २–० को अग्रता बनाएको प्लानिङ ब्वाइजले दोस्रो हाफमा एक गोल थप्यो । खेलको निर्धारित ९० मिनेटमा थप गरिएको दोस्रो मिनेटमा काँक्रेविहारका लागि हेमन लिम्बूले तेस्रो गोल गरे ।
यो गोलसँगै प्लानिङ ब्वाइजले ३–० को जित दर्ता गरेको हो । पाँचौं खेलमा तेस्रो जित दर्ता गर्दै प्लानिङ ब्वाइजले १० अंक बनाउँदै अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। समान १० अंकसहित लालीगुराँस एशोसियसन चौंथो स्थानमा यथावत रहने छ । प्लानिङ ब्वाइजले यसअघिको ४ खेलमा दुई जित एक हार र एक बराबरीसहित ७ अंक जोडेको थियो । काँक्रेविहारको भने यो लगातार पाँचौ हार हो ।
प्रतिक्रिया दिनुहोस !