election background

प्रतिनिधि सभा निर्वाचन २०८२

आर्मीले भगवती क्लबलाई हरायो

आर्मीले भगवती क्लबलाई हरायो
सुन्नुहोस्

काठमाडौं ‌: एन्फा राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई हराएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मीले श्री भगवती क्लबलाई ३-१ ले पराजित गरेको हो।

त्रिभुवन आर्मी क्लबका लागि नवयुग श्रेष्ठले दुई गोल गर्दा जिलेस्पी जङ कार्कीले गोल गरे। श्री भगवती क्लबका लागि अजित लामाले एक गोल गरे। 

पहिलो हाफ १-१ बराबरीमा सकिँदा दोस्रो हाफमा त्रिभुवन आर्मी क्लबले दुई गोल गर्दै जित दर्ता गरेको हो। खेलको १२ औं मिनेटमा श्री भगवती क्लबका लागि अजित लामाले गोल गर्दै अग्रता बनाएका थिए। खेलको ३४ औं मिनेटमा त्रिभुवन आर्मी क्लबका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 

दोस्रो हाफमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले ५८औं र थप गरिएको समयको चौथो मिनेटमा गोल गर्दै आर्मीलाई ३-१ को  जित सुनिश्चित गरेका थिए।

त्रिभुवन आर्मी क्लबले पाँच खेलमा तीन जित र दुई बराबरी सहित त्रिभुवन आर्मी क्लबले ११ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। पाँचौं स्थानमा लालीगुराँस एसोसिएसन रहेको छ। हाल अंक तालिकामा शीर्ष स्थानमा एपीएफ क्लब रहेको छ। दोस्रो स्थानमा न्यूरोड टिम (एनआरटी) र तेस्रो स्थानमा मछिन्द्र फुटबल क्लब रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.