election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकाले भारतमाथिको भन्सार १८ प्रतिशतमा झार्‍यो

अमेरिकाले भारतमाथिको भन्सार १८ प्रतिशतमा झार्‍यो
सुन्नुहोस्

काठमाडौं : अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पको दाबीको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। यद्यपि,मोदीले आफ्नो पोस्टमा व्यापार सम्झौताबारे स्पष्ट उल्लेख नगरी भन्सार दर घटाइएको विषयमा मात्र खुशी व्यक्त गरेका छन्। उनले लेखेका छन्,'मेड इन इन्डिया उत्पादनहरूमा लाग्ने भन्सार अब १८ प्रतिशतमा झारिएकोमा खुशी लागेको छ।'

यसअघि अमेरिकाले भारतले रुसबाट कच्चा तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार लगाएको थियो। त्यसपछि भारतमाथि लाग्ने कुल भन्सार दर ५० प्रतिशतसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.