election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जिली ईएक्स फाइभको २०२६ मोडल सार्वजनिक

जिली ईएक्स फाइभको २०२६ मोडल सार्वजनिक
सुन्नुहोस्

काठमाडौं: नेपालका लागि जिली ईएक्स फाइभको आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली ईएक्स फाइभ सार्वजनिक गरेको छ।

नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताले नयाँ मोडलका सवारीसाधन प्रायः वर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा एलआरआर मोटर्सले पहिलो महिनामै २०२६ मोडलको जिली ईएक्स फाइभ नेपाली बजारमा उपलब्ध गराएको हो।

२०२६ मोडलको जिली ईएक्स फाइभमा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोनसँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको कम्पनीको दाबी छ।

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स फाइभ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीका रूपमा थप मजबुत बनाउने बताइएको छ।

‘नेपाली ग्राहकलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय हो,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स फाइभले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.