election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भोलिदेखि सुरु हुँदै ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’

भोलिदेखि सुरु हुँदै ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’
सुन्नुहोस्

काठमाडौं : नेपालको समग्र निर्माण क्षेत्रको विकास र आधुनिकीकरणलाई लक्षित गर्दै आयोजना हुँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ११ औँ संस्करण भोलि देखि काठमाडौँमा सुरु हुने भएको छ। प्रदर्शनी आगामी माघ २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

निर्माण उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीहरू सहभागी हुनेछन्। प्रदर्शनी अवधिभर २०० भन्दा बढी प्रदर्शनी स्टलमार्फत नवीनतम निर्माण सामग्री, उपकरण र सेवाहरू प्रस्तुत गरिनेछ। यो प्रदर्शनीले नेपाली निर्माण बजारमा देखिएको प्रविधिगत अन्तर घटाउन तथा अन्तर्राष्ट्रिय अभ्यास र समाधानलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ। विशेष गरी आर्किटेक्ट, इन्जिनियर, निर्माण व्यवसायी तथा घर–भवन निर्माण योजनामा संलग्न व्यक्तिहरूका लागि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।

मिडिया स्पेस सोलुसन्स र फ्यूचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा विगत ११ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स-लेमिनार टाइल्स रहेको छ।

प्रदर्शनी मार्फत स्वदेशमै उत्पादित निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने अवसर सिर्जना हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा रहेका नवीनतम प्रविधि, सेवा तथा सामग्री नेपाली बजारमा भित्र्याउने उद्देश्य राखिएको छ।

नेपाल बिल्डकनमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू प्रदर्शित गरिनेछ।

निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण गर्न इच्छुक सर्वसाधारणका लागि यो प्रदर्शनी अत्यन्त उपयोगी हुने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.