election background

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालमै सेवा राम्रो हुँदैछ

टिप्पणी

नेपालमै सेवा राम्रो हुँदैछ
सुन्नुहोस्

डा. सुधा शर्मा गौतम


क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न सकिने रोग हो। समयमै निदान र उपचार भएमा यो रोग निको पनि हुन्छ।  क्यान्सरका बिरामी  विश्वभरि नै छन्। यस रोगले विश्वलाई नै प्रभावित गरिरहेको छ। नेपालको सन्दर्भमा महिलालाई पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बढी देखिएको छ। पुरुषमा फोक्सोको क्यान्सर बढी पाइएको छ। शरीरका अन्य अंगहरूमा पनि क्यान्सर देखिएको छ। 

नेपाली महिलालाई पाठेघरको मुखको क्यान्सर देखिनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमणले गर्दा हो। धेरैजनासँग असुरक्षित यौनसम्पर्क गर्दा पनि यो भाइरसको संक्रमण हुनेगर्छ। त्यसैले जोखिमयुक्त यौन व्यवहारबाट महिला÷पुरुष जोगिनुपर्छ। धूमपान गर्ने व्यक्तिमा पनि पाठेघरको मुखको क्यान्सर हुनसक्छ। 

पाठेघरको मुखको क्यान्सरबाट जोगिन सरकारले किशोरीलाई नै एचपीभी भ्याक्सिन लगाउने व्यवस्था गरेको छ। सबै किशोरीलाई खोप लगाउन अभिभावकलाई समेत आग्रह गर्दछु। त्यस्तै स्तन क्यान्सरबाट जोगिनका लागि महिला सचेत हुनुपर्छ। स्तनपान गराउन नपाएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ। वंशाणुगत कारणले पनि स्तन क्यान्सरको जोखिम हुन्छ। महिलाले आफैं पनि हत्केलाले छामेर स्तन क्यान्सरको पत्ता लगाउन सक्छन्। त्यसबाहेक म्यामोग्राम गरेर पनि बेलाबेलामा परीक्षण गर्नुपर्छ।

पुरुषमा फोक्सोको क्यान्सर बढी देखिएको छ। धूमपान, सुर्तीजन्य पदार्थको उपभोग र वातावरणीय प्रदूषणले गर्दा पनि फोक्सोको क्यान्सर बढेको छ। अत्यधिक मदिरापानका कारण कलेजोको क्यान्सर बढेको हो। त्यसैले पुरुषले मद्यपान र धूमपान गर्नुभएन। तरकारीलगायतका खाद्यपदार्थमा विषादीको प्रयोग हुने गरेको छ। विषादीयुक्त खाद्यपदार्थको सेवनबाट पनि क्यान्सर हुने गर्छ। शरीरका कोषहरूमा अक्सिजनको प्रवाह राम्रोसँग भएमा क्यान्सरलगायतका अन्य रोग लाग्ने जोखिम न्यून हुन्छ। 

त्यसैले वातावरणका साथै खानपान स्वस्थकर हुनु जरुरी छ। विशेषगरी सहरि याहरूले  आफ्नो  जीवनशैली  फेर्नु जरुरी छ। नियमित व्यायाम गर्ने वा सक्रिय जीवनशैली जिउनुपर्दछ।  यसले शारिरीक एवं मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्छ। सरकारले क्यान्सरविरुद्ध रोकथामका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। सरकारी अस्पतालहरू भक्तपुर क्यान्सर अस्पताल र चितवन, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका सबै उपचारको व्यवस्था छ। यसबाहेक अन्य सरकारी अस्पतालबाट पनि क्यान्सरका विभिन्न उपचार सेवाहरू प्रवाह भइरहेको छ।  त्यस्तै विभिन्न निजी अस्पतालमा पनि क्यान्सरविरुद्धका सबै उपचार सेवाहरू उपलब्ध छन्। सरकारले सबै बिरामीको उपचार सेवामा पहुँच पु¥याउन सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्दै छ। 

स्वदेशमै उपचार सेवा हुँदाहुँदै पनि  कतिपय बिरामी उपचारका लागि विदेश जाने गरेको पाइएको छ। उपचार कहाँ गराउने भन्ने बिरामीको छनौटको विषय हो। कतिपय बिरामी रेफर भएर विदेश जाने गरेका छन्। रोक्न पनि सकिँदैन। बिरामीको हक पनि हो यो। तर, नेपालमा गरिने सबै उपचार  प्रोटोकलहरू अन्तर्राष्टिय मापदण्डकै हुन्छ। 

भारतमा जुन उपचार प्रोटोकल हुन्छ, त्यही प्रोटोकल नेपालमा पनि अपनाइन्छ। नेपालमै रोग पहिचान, उपचार पहिलेभन्दा धेरै राम्रो छ। भरसक क्यान्सर हुनै नदिऊँ। त्यसका लागि जीवनशैली फेरौं।

- गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.