election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो विमानका पखेटा ठोक्किएपछि..

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो विमानका पखेटा ठोक्किएपछि..
सुन्नुहोस्

काठमाडौं : मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो विमानका पखेटा ठोक्किएका छन्। दुवै विमानका यात्रुहरू सुरक्षित रहेको जनाइएको छ। नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले घटनाबारे जानकारी दिँदै अनुसन्धान सुरू गरिएको जनाएको छ।

DGCA का अनुसार मंगलबार साँझ एयर इन्डियाको उडान AI2732 प्रस्थानको तयारीमा मुम्बई विमानस्थलको ट्याक्सीवे M4 तर्फ पार्क गरिएको थियो। त्यही समयमा,हैदराबादबाट मुम्बई अवतरण गरेको इन्डिगोको A320 विमान सोही दिशातर्फ ट्याक्सी गरिरहेको थियो।

ट्याक्सी चलाउने क्रममा दुवै विमानका दायाँ पखेटाको टुप्पो एक–आपसमा ठोक्किएको DGCA ले जनाएको छ। घटनापछि दुवै विमानलाई थप प्राविधिक निरीक्षणका लागि ग्राउन्डेड गरिएको छ। DGCA को मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाका प्रवक्ताले उडान AI2732 मुम्बईबाट कोइम्बटूर जाँदै जाने तयारीमा थियो। 

दुवै विमानका पखेटाको टुप्पो आपसमा ठोक्किएपछि AI2732 विमानको पखेटाको टुप्पोमा क्षति पुगेको छ। सावधानीका रूपमा थप प्राविधिक जाँचका लागि विमानलाई ग्राउन्डेड गरिएको छ। सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको थियो।

यता,इन्डिगोकाप्रवक्ताले पनि हैदराबाद–मुम्बई उडानको विमान ट्याक्सी चलाउने क्रममा अर्को विमानको पखेटासँग ठोक्किएको बताएका छन्। 'पार्किङपछि सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। प्रोटोकलअनुसार सम्बन्धित निकायहरूलाई तुरुन्तै जानकारी गराइएको छ,'इन्डिगोका प्रवक्ताले भने।

यो घटना मंगलबार साँझ करिब ७:३० बजेतिर भारतकै सबैभन्दा व्यस्त विमानस्थलमध्येको मुम्बई विमानस्थलमा भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.