प्रि ओपन सेसनमा नेप्से परिसूचक २२ अंकले घट्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक २२.१७ अंकले घटेर २६६०.९७ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ८८ वटा स्क्रिप्सको ८ हजार १८ कित्ता सेयर १ करोड २ लाख ९१ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ५८ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !