काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ। यसदिन सुनको मूल्य १४ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन तोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार ३ हजार ७०० रुपैयाँले बढेको थियो।
यसदिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार २६५ रुपैयाँले बढेको हो। मूल्य बढेसँगै प्रतितोला चाँदी ५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सोही परिमाणको चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते एक तोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
प्रतिक्रिया दिनुहोस !