election background

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचन

मोरङ-२ : कांग्रेस–एमालेको आलोपालो प्रभावबीच विकल्पको खोजी,रास्वपाको चुनौती

मोरङ-२ : कांग्रेस–एमालेको आलोपालो प्रभावबीच विकल्पको खोजी,रास्वपाको चुनौती
मोरङ–२ मा ठूला पार्टीबाट उम्मेदवारी दिएकाहरू । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

यही क्षेत्रबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाले तीन/तीन पटक निर्वाचन जित्दै देशको प्रधानमन्त्री बन्ने अवसर पाए । यही क्षेत्रबाट जितेर उनी बारम्बार प्रधानमन्त्री बने । नेपाली कांग्रेस र नेकपा (एमाले)ले आलोपालो रूपमा यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । तर,तीन दशकभन्दा लामो यो राजनीतिक प्रभुत्वका बीच पनि गाउँका आधारभूत समस्या उस्तै रहँदा यसपटक मतदाताको मनमा नयाँ विकल्पप्रति चासो बढ्दै गएको छ ।

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर २ (तत्कालीन क्षेत्र नम्बर १)को राजनीतिक इतिहास सधैं सत्ताको केन्द्रसँग जोडिएर रहयो । यही क्षेत्रबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाले तीन/तीन पटक निर्वाचन जित्दै देशको प्रधानमन्त्री बन्ने अवसर पाए । यही क्षेत्रबाट जितेर उनी बारम्बार प्रधानमन्त्री बने । नेपाली कांग्रेस र नेकपा (एमाले)ले आलोपालो रूपमा यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । तर,तीन दशकभन्दा लामो यो राजनीतिक प्रभुत्वका बीच पनि गाउँका आधारभूत समस्या उस्तै रहँदा यसपटक मतदाताको मनमा नयाँ विकल्पप्रति चासो बढ्दै गएको छ । 

कांग्रेस–एमालेको आलोपालो प्रभावबीच विकल्पनको खोजी भइरहेको देखिन्छ । यही असन्तुष्टिको खाली ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको छ । जसले कांग्रेस–एमालेको परम्परागत गढ मानिने मोरङ–२ को चुनावी बहसलाई नयाँ मोडमा पुर्‍याएको छ । रास्वपाले पुराना दललाई चुनौती दिइरहेको छ । 

मोरङ–२ का धेरै गाउँको साझा कथा हो । यो क्षेत्रले गिरिजाप्रसाद कोइराला,आमोद उपाध्याय, मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलजस्ता प्रभावशाली नेताहरूलाई संसद् पठायो । बजार केन्द्रित विकासले प्राथमिकता पनि पायो । तर, गाउँहरू ओझेलमै परे ।

सुनवर्षी नगरपालिका–६ कैमीका बेचनलाल गोढीको घर नजिकै धादरी (खोल्सो) छ । उनी सानै हुँदा देखेको त्यो खोल्सोमा अहिलेसम्म पुल बन्न सकेको छैन । चार–पाँच सय मिटरको सिधा बाटो हुँदाहुँदै पनि पुल नहुँदा बर्खामा बजार जान गाउँलेहरू घुमेर जान बाध्य छन् । पानी घट्दा खोल्सो तरेर जानुपर्छ, बढ्दा नानीबच्चा बोकेर जोखिम मोलेर पार गर्नुपर्छ । ‘डाइरेक्ट बाटो नहुँदा होइन, पुल नहुँदा दुःख पाइयो,’ गोढी भन्छन्,‘विकासको कुरा धेरै सुनेँ, तर हाम्रो गाउँमा केही देखिएन ।’ 

गोढीको गुनासो व्यक्तिगत नभएर मोरङ–२ का धेरै गाउँको साझा कथा हो । यो क्षेत्रले गिरिजाप्रसाद कोइराला,आमोद उपाध्याय, मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलजस्ता प्रभावशाली नेताहरूलाई संसद् पठायो । बजार केन्द्रित विकासले प्राथमिकता पनि पायो । तर, गाउँहरू ओझेलमै परे । ‘नेताहरू जितेर गए । तर, हाम्रो गाउँमा पुल,सडक,खानेपानीजस्ता आधारभूत कुराको उस्तै अभाव छ,’गोढी भन्छन् ।

यद्यपि,सबैले विगतलाई एउटै दृष्टिले हेर्दैनन् । रतुवामाई नगरपालिका–६ सौंठाका जयप्रसाद पौडेल गिरिजाप्रसाद कोइरालाको कार्यकालमा केही काम भएको सम्झन्छन् । उर्लाबारी–आमबाडी सडक स्तरोन्नति र बिजुली विस्तार त्यतिबेलै सुरु भएको उनको भनाइ छ । २०४८ देखि तीन कार्यकाल गिरिजाले जितेको यो क्षेत्रमा त्यसपछि पनि कांग्रेस र एमालेले पालैपालो जित्दै आए । तीन दशकमा सडक र बिजुली पुगे पनि धेरै गाउँमा अझै आधारभूत पूर्वाधारको अभाव कायमै छ ।

null

मोरङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत अलपत्र अवस्थामा रहेको कट्नु खोलाको पुल ।

यही पृष्ठभूमिमा यसपटक मोरङ–२ मा नयाँ राजनीतिक तरंग देखिएको छ । तीन दशकदेखि कांग्रेस–एमालेको दबदबा रहेको क्षेत्रमा रास्वपा र त्यसका उम्मेदवारको चर्चा गाउँगाउँमा फैलिएको छ । स्थानीय लक्ष्मीप्रसाद घिमिरेका अनुसार पुराना दलप्रति असन्तुष्टि बढ्दै गएको छ । ‘यहाँ अहिले पुरानालाई हराऊ अभियानको माहोल छ,’उनी भन्छन्,‘यहाँ पुराना दलप्रति ठूलो असन्तुष्टि देखिन्छ ।’ 

बेचनलाल गोढी पनि गाउँमा नयाँ दलको चर्चा बढेको स्वीकार्छन् । ‘सबैतिर नयाँ–नयाँ भन्ने सुनिन्छ । फेसबुकमा पनि नयाँकै कुरा छ,’उनी भन्छन्,'यसपालि के हुन्छ, हेर्न बाँकी छ ।’ सामाजिक सञ्जाल,युवा मतदाता र पुराना दलप्रति बढ्दो वितृष्णाले रास्वपाको उपस्थितिलाई चुनावी बहसको केन्द्रमा ल्याएको देखिन्छ । 

तर,परम्परागत दलहरूको पकड कमजोर भइसकेको छैन । रंगेली नगरपालिका–५ का देवनारायण मण्डल कांग्रेसले नै जित्ने दाबी गर्छन् । ‘छोराहरू नयाँ र बालेन भन्छन् । हामी त कांग्रेसमै लागेका छौं,’ उनी भन्छन्,‘रुखमै भोट हाल्छौं । अरुले पनि पुराना दल छाड्दैनन् ।’ डाइनिया बजारकी सुखिया दास एमालेमा मतदान गर्ने बताउँछिन् । मण्डल र दासजस्ता मतदाताको कुराले पुराना दलप्रति असन्तुष्टि हुँदाहुँदै पनि उनीहरूको स्थायी मताधार अझै बलियो छ भन्ने चैं देखाउँछ । 

स्वतन्त्रतर्फ नरेशकुमार साह,अनिलकुमार साह र बुधु ऋषिदेव चुनावी मैदानमा छन् । धेरै उम्मेदवारको उपस्थितिले यो निर्वाचन बहुपक्षीय प्रतिस्पर्धामा परिणत भएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाट डा.मिनेन्द्र रिजाल उम्मेदवार छन् । एमालेले रंगेलीका पूर्वमेयर दिलिप बगडियालाई अघि सारेको छ । २०७४ र २०७९ मा उम्मेदवार नउठाएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यसपटक चन्द्रवीर राईलाई मैदानमा उतारेको छ । रास्वपाबाट कृष्णकुमार कार्की उम्मेदवार छन् भने राष्ट्रिय उर्जाशील पार्टीबाट मनोज राजवंशी । 

यस क्षेत्रबाट मंगोल नेशनल अर्गनाइजेसनका धनबहादुर लिम्बू,जनमत पार्टीका घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका माधवप्रसाद राजवंशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका विनोदकुमार सिंह गनगाई, राष्ट्रिय परिवर्तन पार्टीका धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कन्सराज राजवंशी र श्रम संस्कृति पार्टीका अबुहो रैरह पनि उम्मेदवार छन् । स्वतन्त्रतर्फ नरेशकुमार साह,अनिलकुमार साह र बुधु ऋषिदेव चुनावी मैदानमा छन् । धेरै उम्मेदवारको उपस्थितिले यो निर्वाचन बहुपक्षीय प्रतिस्पर्धामा परिणत भएको छ ।

इतिहास हेर्दा २०४८ देखि २०५६ सम्म यो क्षेत्र गिरिजाप्रसाद कोइरालाको अविजित किल्ला थियो । २०६४ को माओवादी लहरमा पनि कांग्रेसका आमोदप्रसाद उपाध्यायले जित निकाल्न सफल भए । तर, २०७० मा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसको किल्ला भत्काउँदै कम्युनिष्ट झण्डा फहराए । त्यसयता कांग्रेस र एमालेबीच यहाँ आलोपालो जितहार हुँदै आएको छ ।

पुराना दलप्रतिको असन्तुष्टि, नयाँ राजनीतिक शक्तिप्रतिको चासो र स्थानीय समस्या समाधानको अपेक्षाले यो क्षेत्रलाई रोचक र निर्णायक बनाएको छ । यही कारण, कांग्रेस–एमालेको गढ मानिएको मोरङ–२ मा रास्वपालगायतका दल र अन्य उम्मेदवारको उपस्थितिले चुनावी बहसलाई केन्द्रमा ल्याउँदै नयाँ सम्भावनाको ढोका खोलेको छ ।

२०७४ मा कांग्रेसका डा. मिनेन्द्र रिजाल ३५ हजार ८१९ मतसहित विजयी भए । २०७९ मा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतसहित विजयी हुँदा कांग्रेसकी सुजाता कोइराला ३१ हजार ९४० मतमा सीमित भइन् । तथ्यांकले मोरङ–२ मा सधैं चर्को प्रतिस्पर्धा हुने गरेको देखाउँछ । 

कानेपोखरी गाउँपालिकाका वडा नम्बर १, २, ३, पथरीशनिश्चरे नगरपालिका–५ र ६, रंगेली नगरपालिका–१, २, ३, ८, ९, रतुवामाई नगरपालिकाका १० वटै वडा र सुनवर्षी नगरपालिकाका ९ वटै वडा समेटिएको मोरङ क्षेत्र नम्बर २ मा कुल १ लाख २९ हजार ६ सय ८४ मतदाता छन् । मतदातामाझ यसपटक विकास निर्माण, आधारभूत पूर्वाधार र ठोस एजेन्डा बोकेर आउने उम्मेदवारप्रतिको खोजी स्पष्ट देखिन्छ । 

तीन दशकदेखि कांग्रेस–एमालेको प्रभावमा रहेको मोरङ–२ मा यसपटक चुनावी माहोल सामान्य छैन । पुराना दलप्रतिको असन्तुष्टि, नयाँ राजनीतिक शक्तिप्रतिको चासो र स्थानीय समस्या समाधानको अपेक्षाले यो क्षेत्रलाई रोचक र निर्णायक बनाएको छ । यही कारण, कांग्रेस–एमालेको गढ मानिएको मोरङ–२ मा रास्वपालगायतका दल र अन्य उम्मेदवारको उपस्थितिले चुनावी बहसलाई केन्द्रमा ल्याउँदै नयाँ सम्भावनाको ढोका खोलेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.