election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सुडानमा युद्ध विराम गरी मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको आह्वान

सुडानमा युद्ध विराम गरी मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको आह्वान
सुन्नुहोस्

काठमाडौं : संयुक्त राष्ट्रसंघका मानवीय मामिला उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले सुडानमा युद्धविराम गरी सहायता विस्तारलाई अनुमति दिन आह्वान गरेका छन्।

सुडानमा मानवीय प्रतिक्रियाका लागि स्रोत परिचालन गर्न वासिङ्टनमा अमेरिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै फ्लेचरले जारी लडाइँका कारण एक हजार दिन भन्दा बढी समयदेखि देशको गम्भीर मानवीय सङ्कट जारी रहेको उल्लेख गरेका छन्।

उनले मानवीय युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको समर्थन दोहोर्‍याउँदै देशमा शान्तिको मार्ग प्रशस्त गर्न शत्रुता अन्त्यको आवश्यकता माथि जोड दिए। आफ्नो सम्बोधनमा,फ्लेचरले निरन्तर विस्थापन र बिग्रँदै गएको मानवीय अवस्थालाई रोक्न सुडानमा द्रुत गतिमा सहयोग विस्तार गर्नु पर्ने बताउँदै लडाइँ भइरहेको प्रमुख क्षेत्रहरूमा निशस्त्रीकरणको आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघले सुडानमा लामो युद्धका कारण ९३ लाख आन्तरिक विस्थापित हुनुका साथै ४३ लाख भन्दा बढी मानिसहरू सुडानबाट भागेको जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.