इरानले अमेरिकासँग छिट्टै वार्ता गर्ने
काठमाडौं : इरानले अमेरिकासँग आगामी केही दिनभित्र वार्ता सुरु हुने दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सी 'इरना' का अनुसार, ओमान, टर्की र केही अन्य देशहरूले वार्ताका लागि स्थान उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन्। तर, अहिलेसम्म वार्ताको ठोस स्थान टुंगो लागिसकेको छैन।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने,'अमेरिकासँगको वार्ताको मिति र स्थान चाँडै अन्तिम निर्णय गरिनेछ।'
यसअघि मंगलबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग वार्ताको प्रक्रिया जारी रहेको पुष्टि गरेका छन्। ह्वाइट हाउसका प्रवक्ताले पनि अमेरिकी विशेष दूत स्टिभ विटकफको तालिका यथावत रहेको बताएका थिए।
तर, केही दिनअघि अमेरिकी युद्धपोत अब्राहम लिंकनले इरानी ड्रोन खसाल्नुले वार्तामा केही बाधा आउन सक्ने आशंका पनि बढाएको थियो। इरान र अमेरिकाबीचको यो वार्ता त्यस्तो समयमा सुरू हुँदैछ जब डिसेम्बर २०२५ मा इरानमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीलाई सुरक्षा बलहरूले दमन गरेको थियो। उक्त दमनका क्रममा मृत्यु हुने र घाइतेको संख्या उल्लेख्य छ।
प्रतिक्रिया दिनुहोस !