election background

प्रतिनिधि सभा निर्वाचन २०८२

औषधि खरिदमा अनियमितता : गाउँपालिकाका तत्कालीन निमित्त प्रमुखसहित चारजनाविरुद्ध मुद्दा

औषधि खरिदमा अनियमितता : गाउँपालिकाका तत्कालीन निमित्त प्रमुखसहित चारजनाविरुद्ध मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसमेत गरी चारजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ।

आयोगले ता्जाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल,स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका सञ्चाअलक कृष्ण कुमार भुजुवाविरुद्ध  बुधबार विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो।

आयोगका अनुसार उनीहरूविरुद्ध स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा छानबिन हुँदा गाउँपालिकाको स्वास्थ्य उपकरण खरिद गर्दा वदनियतपूर्ण तवरले खरिद गरेको भन्दा बढी औषधिको विवरण थप गरी १ लाख  ९१ हजार ८५० रुपैयाँ भुक्तानी लिएको खुल्न आएको अख्तियारको दावी छ।

उनीहरूमध्ये  निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल र स्वास्थ्य शाखा प्रमुख स्याङ्कू र सह लेखापाल सुनारविरुद्ध १ लाख ९१ हजार  ८५० रुपैयाँ र आर्यन फार्मा नेपालगञ्जका सञ्चालक भुजुवालाई १ लाख ९० हजार ८०० विगो माग  र सजाय माग गरिएको आरोप-पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.