election background

प्रतिनिधि सभा निर्वाचन २०८२

हर्क सम्पाङको ‘भ्रष्टाचारविरोधी’ छविमा प्रश्न : २२ आफन्त–कार्यकर्तालाई जागिर खुवाएको खुलासा

हर्क सम्पाङको ‘भ्रष्टाचारविरोधी’ छविमा प्रश्न : २२ आफन्त–कार्यकर्तालाई जागिर खुवाएको खुलासा
फाइल फोटो

सुनसरी : भ्रष्टाचारविरोधी छवि बनाएर चर्चामा आएका धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राई (साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त र कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएर जागिर खुवाएको खुलासा भएको छ । 

मेयर पदमा रहँदा साम्पाङले प्रक्रिया र कानुनी मापदण्ड विपरीत ठाडो आदेशमा कर्मचारी नियुक्ति गरी खानेपानी बोर्डमा जागिर दिलाएको तथ्य बाहिर आएको हो । खानेपानी बोर्डमा नियुक्त गरिएका २२ मध्ये अधिकांश साम्पाङका आफन्त तथा नजिकका कार्यकर्ता रहेको आरोप छ । 

नियुक्त गरिएकामध्ये राजिन राई, लक्ष्मी आङ्बुहाङ लिम्बू, पुन्नकला राई, सीता राई, भावना थाम्सुहाङ, मदन राई, सिर्जना राई, कोपिला राई, चन्द्रम राई, गोपाल राई, देवी राई, मनकुमार राई, निर्मल थापा मगर, गिरिराज राई, ओमकुमार राई, सर्मना राई, निरुजा राई, पुजा राई, नामसाङ राई, रामनाथ राई, कल्पना राई र हिरादेबी राई रहेका छन् ।

उनीहरूलाई सहायककर्ता प्रमुख, कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर, कम्प्युटर अपरेटर जस्ता पदमा नियुक्त गरिएको छ । साम्पाङले नियुक्त गरेका कर्मचारीमध्ये  मनकुमार राई र निर्मल थापा मगरले खरदार स्केलमा तलब बुझ्ने गरेको र अन्य २० जनाले कार्यालय सहयोगी स्केलमा तलब बुझ्ने गरेको पाइएको छ । 

खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार साम्पाङ मेयरमा निर्वाचित भएपछि २०७९ चैत १ गतेदेखि २०८२ साउन ७ गतेसम्म २२ कर्मचारी नियुक्त गरिएको जानकारी दिएका छन् । कर्मचारी नियुक्ति गर्दा सार्वजनिक विज्ञापन आह्वान गरी प्रतिष्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था भए पनि उक्त प्रक्रिया पालना नगरिएको पाइएको छ । नियुक्त गरिएका सबै कर्मचारी  साम्पाङको ठाडो निर्देशनमा गरिएको थियो ।

स्रोतका अनुसार साम्पाङले २० जनालाई कार्यालय सहयोगीस्तरको मासिक २४ हजार ७०२ रुपैयाँ तलब र दुई जनालाई खरिदार स्केलअनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ तलब दिने गरी नियुक्ति दिलाएका थिए । यसरी गरिएको नियुक्तिले धरान खानेपानी व्यवस्थापन बोर्डलाई मासिक पाँच लाख ५९ हजार ८४४ रुपैयाँ बराबरको आर्थिक भार परेको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका साम्पाङले पारदर्शिता र सुशासनको कुरा गर्दै आएका थिए । तर आफन्त र कार्यकर्तालाई गुपचुप रूपमा जागिर दिलाएको विषय बाहिरिएपछि उनको ‘भ्रष्टाचारविरोधी’ छविमाथि गम्भीर प्रश्न उठेको छ ।

साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनी श्रम सँस्कृति पार्टीका अध्यक्ष हुन् । खानेपानी ब्यबस्थापन बोर्डका अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर अईन्द्रबिक्रम बेघाले नियम बिपरीत कर्मचारी नियुक्ति गरेको पाइए खारेज गरी सुशासन कायम गर्ने बताएका छन् ।

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.