निर्वाचन आयोग र टिकटकबीच सहकार्य
काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन्।
बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आकलन गरेर पहिचान गरिसकेको बताए।
प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए। नहाले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले गरेको सहयोग सराहनीय रहेको बताए।
निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागीतालाई टेवा पुर्याउने आयोगको विश्वास छ। निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !