रोयल इनफिल्ड हन्टर पोखरामा लन्च
काठमाडौं : प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा औपचारिक रूपमा लन्च गरेको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित आधिकारिक शोरुममार्फत गण्डकी प्रदेशका ग्राहकका लागि टेस्ट-राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।
विश्वका शहरी जीवनशैलीबाट प्रेरित डिजाइन, आकर्षक रङ विकल्प र सुधारिएको सस्पेन्सनसहितको BS VI Hunter 350 (2025 Edition) शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ। सहज एर्गोनोमिक डिजाइनले दैनिक सवारीदेखि लामो यात्रासम्म आरामदायी राइडिङ अनुभव दिने बताइएको छ।
Hunter 350 मा Slip Assist Clutch, १६० एमएम ग्राउण्ड क्लियरेन्स, Dual Channel ABS, LED हेडलैम्प, सुधारिएको सीट तथा Trip Navigator जस्ता अत्याधुनिक सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले चुस्त र स्मूथ पर्फमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ। सन् २०२२ यता विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।
रोयल इनफिल्डका निर्देशक मेघ राज पौडेलले पोखरा जस्तो पर्यटन र साहसिक गतिविधिले भरिएको सहरका लागि Hunter 350 उपयुक्त मोडेल भएको बताए। “पोखराको शहरी जीवनशैली र वरपरका पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिनेमा हामी विश्वस्त छौँ। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा उत्साहित छौँ,” उनले भने।
हन्टर ३५० को मूल्य ४,९९,९०० र ४,९४,९०० तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !