एकैपटक भ्याइँदैन भने निर्वाचनको मिति सार : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली भेगमा हिउँ परे दुई चरणमा निर्वाचन हुनसक्ने अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले मिति सारेर भए पनि एकै चरणमा हुनुपर्ने बताएका हुन्।
'हिमाली भेगमा हिउँ पर्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यो हुँदाहुँदै किन फागुन २१ कै मिति राखियो। के सरकारलाई त्यो थाहा थिएन? फागुन २१ मा एकैचरणमा निर्वाचन गर्न भ्याइँदैन भने निर्वाचनको मिति सार,' उनले भने।
उनले निर्वाचन सम्पन्न भएपछि एक सेकेन्ड पनि ब्यालेट प्रतिनिधिको नजरबाट दूर हुन नसक्ने नबताए। 'निर्वाचन सम्पन्न भएपछि तत्कालै मतगणना सुरू गर्नुपर्छ। एक मिनेट त के एक सेकेन्ड पनि मतपेटिका प्रतिनिधिको नजरबाट दूर हुनु हुँदैन,' उनले भने।
प्रतिक्रिया दिनुहोस !