नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
दाङ : नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम) को इन्टरनेट सेवा अवरुद्ध भएको छ। आज बिहान सवा ६ बजेदेखि सेवा अवरुद्ध भएको हो ।
बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा इन्टरनेटको सर्कुलर मेनलाइन काटिँदा पश्चिम नेपालका अधिकांश क्षेत्रको इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम तुलसीपुर कार्यालयका प्रमुख प्रविण कुमार चौधरीले जानकारी दिए। उनका अनुसार गोरुसिंगे पश्चिम क्षेत्र चन्द्रौटा दाङ नेपालगञ्ज र धनगढीसम्मको सेवा प्रभावित भएको छ।
मर्मत र सेवा सञ्चालनका लागि अझै दुई ढाई घण्टा लाग्ने जनाइएको छ । मोबाइल डाटा र फोन सेवामा भने कुनै समस्या न रहेको प्रमुख चौधरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !