हङकङमा नेपाल प्रमोशन एक्सपो

हङकङमा नेपाल प्रमोशन एक्सपो
सुन्नुहोस्

हङकङ : नेपाल चाइना कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ र हङकङसँगको व्यापारिक, सांस्कृतिक लगानी आदानप्रदान उद्देश्यका साथ ‘नेपाल प्रमोसन एक्सपो’ गरिएको छ। मिलिनियम वर्ल्ड होटलको सभाकक्षमा हङकङस्थित नेपाली महावाणिज्यदूतावासले उक्त कार्यक्रमको आयोजना गरेको हो।

हङकङ र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्दै लगानीका सम्भावनाहरूलाई विश्व मञ्चमा प्रस्तुत गर्नका लागि स्थानीय नेपाली स्टलहरू राखिएका थिए। एक्सपोमा सहभागी फिने हङकङ, एजी एक्सप्रेस, हिमालयन रेस्टुरेन्ट, हिमालयन पस्मिना, कोरा, मिग अल्फा, नेपाल चेम्बर्स, नेप्लिज कुजिन, नेप्चा, साथी बियर, सयपत्री, सिक्यु एकेडेमी, भिका फिनटेक, एसिया भेन्चर्स, बज्र आर्टस, एभरेस्ट रेस्टुरेन्ट, मनाङ रेस्टुरेन्टलगायत १५ स्टलहरूमा मौलिक नेपाली परिकार, गरगहना, कपडा, धार्मिक सांस्कृतिक महत्त्व झल्किने कलाकृति, नेपाल भ्रमणको जानकारी, वित्तीय उत्पादन, कार्गो कुरियर सेवालगायत प्रस्तुत गरिएको थियो।

विशेष अतिथि हङकङसार व्यापार विकास परिषद् (एचकेटिडिसी) का सहायक कार्यकारी निर्देशक अन्ना चेउङले पारवहन र पुँजीको क्षेत्रमा विश्कै उत्कृष्ट हब हङकङबाट नेपालले पनि व्यवसायको क्षेत्रमा विभिन्न प्रकारका साझेदारीबाट लाभ लिन सक्ने बताइन्। महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई)का लागि पूर्वाधार, कनेक्टिभिटी, संस्थागत नीतिका साथ स्वागत गर्नका लागि नेपाल तयार रहेको बताए। लेखकले नेपाल चाइना, हङकङको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको शुभकामना दिँदै व्यापार र लगानीको सम्बन्धलाई उचाइमा पुर्‍याउन सम्बद्ध पक्षलाई आग्रह गरे।

कन्सुलर सतिश गुरुङले नेपाल हङकङ व्यापार र नेपालमा विदेशी लगानी आकर्षित गर्ने प्राथमिकताका क्षेत्रका सम्भावना, चुनौतीका बारेमा संक्षिप्त प्रस्तुति दिएका थिए। कार्यक्रममा हङकङ विशेष स्वायत्त क्षेत्र (एचके सार) विदेश मन्त्रालय कन्सुलर विभाग महानिर्देशक वेई वेन्किसउ, ३५ देशका जेनेलर कन्सुलरहरू, नेपाल चेम्बर्स अफ कमर्स हङकङलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, विद्यार्थी लगायतको उपस्थिति थियो।

एक्सपोमा सन् २०२५ मा सफलतापूर्वक सगरमाथा आरोहण गर्ने नेपालीहरू राज गुरुङ र एन्जेला राईलाई महावाणिज्यदूत लेखक, न्युजिल्यान्डका कन्सुलर जनरल पिटर लुन्ड, हङकङबाट चार पटक सगरमाथा आरोहण गरेका जोन त्साङले सम्मानका साथ प्रमाणपत्र पाएका थिए। कार्यक्रममा राज र एन्जेलाले सगरमाथा आरोहणका अनुभव र रोमाञ्चकता उपस्थितलाई सुनाएका थिए। तमु टयुल्हो हङकङको घाटु नाच, नेवा समाज हङकङको लाखे नाच, स्थानीय युवाद्वय योगेश र प्रज्वल गुरुङको खुकुरी नाचले कार्यक्रममा रौनकता थपेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.