अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा

अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा
सुन्नुहोस्

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ । 

‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्ने छन् । कम्पनीले यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४.९९ लाख रुपैयाँ कायम गरेको छ । यो सबै नयाँ टियागो इभिमा लागु हुनेछ । 

नयाँ प्रविधि र आधुनिक जीवन शैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकहरूका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ। विशेष गरी शहरको भिडभाडमा सहज यात्रा सुनिश्चित गर्ने र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता र नयाँ जोडीहरू माझ लोकप्रिय बन्दै गएको छ ।

टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, शहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस अफरको लाभ लिन सक्ने छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.