जित्दा–जित्दै हारेको खेल, इङ्ल्याडलाई आच्छुआच्छु

२ पटकको विश्वकप विजेतासँग गर्विलो प्रतिस्पर्धा

२ पटकको विश्वकप विजेतासँग गर्विलो प्रतिस्पर्धा

मुम्बई : नेपालले आइसीसी टीट्वेन्टी विश्वकप २०२६ को पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनको पराजय बेहोर्‍यो। यो खेल अन्तिम ओभरसम्म तन्कियो। अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको अवस्थामा नेपालले ५ रन मात्रै जोड्न सक्यो। इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १८० रन मात्रै बनाउन सक्यो जसका कारण खेल नेपालले गुमायो।

सन् २०१४ को विश्वकप यता नेपालले विश्वकपमा सहभागितामा नै सीमित भइरहेको छ। तर, पहिलो खेल हारेपछि पनि नेपाली खेलाडी भने यो संस्करणमा अघिल्लो चरणमा पुग्नेमा विश्वस्त देखिन्छन्। नेपालका युवा मध्यम गतिका बलर नन्दन यादव भन्छन्, ‘हामीले पहिलो खेल मात्रै सकेका हौं। हामीले सुपर ८ खेल्ने सम्भावना अझै जीवितै छ।’

इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १८० रन मात्रै बनायो र खेल ४ रनले हार्‍यो। तर, आइतबारको खेलमा ब्याटिङमा रोहित पौडेल र दीपेन्द्र सिंह ऐरले ब्याटिङ गरिरहँदासम्म नेपालले जित्ने सम्भावना रहेको थियो। १४.२ ओभरमा दीपेन्द्रले ४४ रन बनाउँदै आउट भए। उनी र रोहितले ८२ रनको साझेदारी गर्दै खेललाई नेपालको पक्षमा पुर्‍याएका थिए।

अन्तिममा हामी निरासश बन्नुपर्‍यो। तर, इङ्ल्यान्डजस्तो क्रिकेटको पावर हाउससँगको यो प्रदर्शन साँच्चै गौरव गर्न लायकको छ ।
कप्तान रोहित पौडेल

छैटौं क्रममा ब्याटिङ गरेका लोकेशले १८औं ओभरमा जोफ्रा आर्चरलाई लगातार २ छक्का प्रहार गरे। १८ औं ओभरमा जोफ्राले २२ रन खर्चिएका थिए। यही ओभरले खेल नेपालको पक्षमा धकेलिदिएको थियो। अन्तिम ओभरमा ब्याटिङ गरिरहेका लोकेशको सोच निकै स्पष्ट थियो। ‘उसले एक बल नराम्रो फाल्छ अनि म त्यसलाई कन्भर्ट गर्छु भन्ने सोचमा थिएँ।’ उनले पहिलोपटक विश्वकप खेलेका थिए। योे खेलका बारेमा उनलाई सोधिएको प्रश्नमा उनी उत्तर दिन्छन्, ‘खेल राम्रो थियो। हामीले हाम्रो उत्कृष्ट दियौं तर  ठूलो खेलमा फरक पार्दो रहेछ,’ उनले खेलपछि भने।

उनले अन्तिम बलमा ठूलो सट हान्न सकेनन्। त्यसपछि भने लोकेश केही निराश देखिए। उनी पिचमा नै शिर निहुराएर बसेका थिए। ‘जहिले पनि हामी टेस्ट राष्ट्रलाई हराउन निकैनजिक पुग्छौं तर हराउन सक्दैनौं। आज पनि त्यो कुरामा हामी चुक्यौं।’ उनले खेल जिताउन सकेनन्। उनी निराश देखिन्थे। तर, नेपालको डगआउट फर्किँदा टिमले भने उनलाई राम्रो खेल्यांै (वेल प्लेड) भन्ने रिस्पोन्स दिए। ‘म निराश थिएँ तर डगआउट फर्किँदा टिमले मलाई राम्रो खेल्यौ भन्नुभयो।’

नेपालको डेथ ओभरमा समस्या
नेपालले १९ ओभरसम्म इङ्ल्यान्डलाई १६३ सम्म रोकेको थियो। त्यसपछि भने नेपालको लागि डेथ ओभरमा बलिङ गर्न आएका करण केसीले २१ रन खर्चिए। नेपालले अझै डेथ ओभरमा काम गर्नुपर्ने मध्यम गतिका बलर नन्दनले खेलपछि बताए। ‘हामीले अझै डेथ ओभर बलिङमा काम गर्नुपर्छ।’ नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको थियो। बलिङमा पहिलो १० ओभरमा नेपालले राम्रो प्रदर्शन गर्‍यो। पहिलो १० ओभरमा ३ विकेट लिँदै ८४ रनमा रोकेको थियो। पछिल्लो १० ओभरमा नेपालले १०० रन पुर्‍यायो । त्यसमा पनि अन्तिम ओभरमा करण केसीले २१ रन खर्चिए। पहिलो इनिङ्समा नेपाल जुन फिल्डिङका कारण चिनिन्थ्यो त्यस किसिमको फिल्डिङ इर्फोट पनि देखिएन। तर इङ्ल्यान्डका स्पिनर विल ज्याक्स भन्छन्, ‘नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तिनै पक्षमा निकै राम्रो गर्‍यो।’ उनले खेल जितेपछि नेपालको प्रदर्शनको तारिफ गरे।

२ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो खेलाडी
आईसीसी टीट्वेन्टी विश्वकपमा इङ्ल्यान्डविरुद्ध ४४ रन हान्दै दीपेन्द्र सिंह ऐरीले टीट्वेन्टी विश्वकपमा २ हजार रन पूरा गरेका छन्। उनी २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर हुन्। इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि चौथो क्रममा ब्याटिङ गर्न आएका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रनमा क्याच आउट भए । उनलाई साम करनले टम ब्यान्टनको हातमा क्याच गराएका हुन्। उनले ९१ औं टीट्वेन्टी अन्तर्राष्ट्रियमा ७९ औं इनिङ्समा १ शतक र १० अर्धशतकसहित २ हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।

वाङ्खडेमा १७ हजारमाथि नेपाली दर्शक
वाङ्खडे स्टेडियम १७ हजारभन्दा बढी नेपालका दर्शक थिए। खेल सुरु हुनु अगाडि मुम्बईको मरिन ड्राइभ अगाडि नेपाली दर्शक नाचगान र नेपालको हुटिङसहित नेपाललाई समर्थन गरिरहेका थिए। स्टेडियममा हजारौंको संख्यामा दर्शक उपस्थित थिए।null

उनीहरू बलियो प्रतिस्पर्धी इङ्ल्यानडविरुद्ध नेपाललाई जितको शुभकामनासहित नेपालको विभिन्न ठाउँबाट मुम्बई आइपुगेका थिए। जनकपुरबाट आइपुगेका पशुपति शाह भन्छन्, ‘नेपालको खेल हेर्न कीर्तिपुरमा पुग्थ्यौं। अहिले वाङ्खडेमा आयपुगेको छौं। जय नेपाल।’ उनले अन्नपूर्णसँग खेलअघिको कुराकानीमा भनेका थिए। झापाबाट ७ देखि ८ जनाको समूहका एक युवा भन्छन्, ‘केटाकेटीदेखि नेपाललाई विश्वकपमा खेलेको र जितेको हेर्न चाहन्थ्यौं। आज भारतमा नै आएर हामी समर्थन गरिरहेका छौं,’ उनले भने।

गायिका रचना रिमाल पनि नेपालको खेल हेर्न आफ्नो कार्यक्रम छोडेर पुगेकी थिइन्, उनी पनि नेपाललाई खेलअघि नै जितको शुभकामना दिँदै भन्छिन्, ‘म २ खेल हेर्छु। नेपाललाई जितको शुभकामना।’ नेपाली खेलाडी नन्दन यादवले खेलमा दर्शकले देखाएको मायाका लागि धन्यवाद दिए। उनले भने, ‘हामी जहाँ पनि खेल्छौं, त्यो हाम्रो लागि होम ग्राउन्ड जस्तो माहोल हुन्छ। त्यसका लागि उहाँहरूप्रति म निकै कृतज्ञ छु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.