सामसङ नेपालद्वारा टी२० विश्वकप सिजनका लागि एआई टिभीहरूमा आकर्षक अफर घोषणा
काठमाडौं : सामसङ नेपालले टी-२० विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना एआई प्रविधियुक्त टेलिभिजनहरूमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस अफरअन्तर्गत ग्राहकहरूले विश्वव्यापी रूपमा नम्बर १ ब्रान्डको टेलिभिजन सजिलो पहुँच र आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन्।
यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा रु ७ हजारसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।
फोरके एआई अपस्केलिङ क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र एडप्टिभ साउण्ड फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै सामसङ नक्स सेक्युरिटीले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ।
यसका साथै मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा ३ हजारसम्मको नि:शुल्क नेटटीभी प्याकेज पनि प्रदान गर्दैछ।
क्यूएलईडी र यूएचडी मोडेल किन्दा १२ महिनाको निःशुल्क नेटटीभी सब्स्क्रिप्सन रएफएचडी र एचडी मोडेल किन्दा ६ महिनाको निःशुल्क नेटटीभी सब्स्क्रिप्सन पाइने कम्पनीले जनाएको छ।
यसका अतिरिक्त, सामसङले आफ्ना टी, ए, बी, सी, डी र एफ सिरिजका टिभीमा उत्पादनजन्य त्रुटि कभर हुने तीन वर्षको वारेन्टी दिने जनाएको छ। ग्राहकले सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ० प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि लिन सक्नेछन्। पुराना टिभी तथा होम अप्लायन्स एक्सचेन्ज गरेर नयाँ सामसङ उत्पादन किन्न सकिने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !