आइसिसी टी २० विश्वकप : भारत र पाकिस्तानले यथावत् तालिकामै खेल्ने

आइसिसी टी २० विश्वकप : भारत र पाकिस्तानले यथावत् तालिकामै खेल्ने
सुन्नुहोस्

मुम्बई : पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकप २०२६ मा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा प्रतिस्पर्धा गर्ने भएका छन् । निर्धारित तालिकामा नै यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। आइसिसी र पाकिस्तान क्रिकेट बोर्ड बीच भएको असमझदारीको समाधान भइसकेपछि यी दुई टोलीले पुन विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

 पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ । पछिल्ला केही दिनयता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बीच पाकिस्तानलाई भारतविरुद्धको खेल बहिष्कार नगर्न मनाउने उद्देश्यले तीव्र छलफल हुँदै आएको थियो । टी २०  विश्वकपको सबैभन्दा आर्थिक रूपमा लाभदायक मानिने यो खेल बहिष्कारको धम्की फिर्ता हुनेमा आशा बढ्दै गएको थियो । 

सोमबार साँझ पीसीबी अध्यक्ष मोहसिन नक्वीले भारतविरुद्धको खेलबारे २४ देखि ४८ घण्टाभित्र निर्णय आउन सक्ने बताएका थिए । त्यसको केही मिनेटअघि आईसीसीले पनि वक्तव्य जारी गर्दै भारत भ्रमण गर्न अस्वीकार गरेपछि टी २० विश्वकपबाट बाहिरिएको बंगलादेशप्रति आफ्नो धारणा केही नरम बनाएको संकेत दिएको थियो। 

आइसीसीले बंगलादेशमाथि कुनै पनि जरिवाना नलगाइने स्पष्ट पनि पारेको छ । बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आइसीसी प्रतियोगिताको आयोजना अधिकारसमेत प्रदान गरिएको जनाएको थियो । लागि बङ्गलादेशले आइसिसीको नियमित होस्टिङ प्रक्रिया र मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। यसलाई बङ्गलादेशको आयोजना क्षमता र क्रिकेट पूर्वाधारमाथि विश्वासको रुपमा हेरिएको समेत आइसिसीले बताएको छ। 

आइसिसीका एक्जिक्यटिभ संजोग गुप्ताले भने,‘जारी विश्वकपमा बङ्गलादेश, यसको हिस्सा नहुनु निकै दुःखद छ। तर यसपछि पनि हामी बङ्गलादेश क्रिकेटको विकासका लागि सम्बन्धित संस्थासँग सहकार्य गरिरहनेछौं।' उनले भने,‘बङ्गलादेश यथावत रूपमा नै आइसिसीको प्राथमिकताभित्र पर्नेछ। बङ्गलादेश लामो क्रिकेट विकास र प्रतिस्पर्धात्मक खेलहरूको हकदार देश हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.