काभा महिला भलिबल लिगबाट बाहिरियो नेपाल पुलिस क्लब
काठमाडौं : माल्दिभ्समा जारी काभा महिला भलिबल लिगबाट नेपाल पुलिस क्लब सेमिफाइनलबाट बाहिरिएको छ। सोमबार राति भएको सेमिफाइनल खेलमा काजाकिस्तानको टुरान भिसीसँग ३-० को सोझो सेटमा पराजित हुँदै पुलिस क्लब बाहिरिएको हो।
टुरान भिसीसँग नेपाल पुलिस क्लब २५-१४,२५-१३ र २५-११ ले हार्दै उपाधि दौडबाट बाहिरिएको हो। नेपाल पुलिस क्लबले अब तेस्रो स्थानको लागि खेल्ने छ।
प्रतिक्रिया दिनुहोस !