आइसीसी टी २० विश्वकप २०२६ : नामीबिया र यूएईले पहिलो खेल खेल्दै

आइसीसी टी २० विश्वकप २०२६ : नामीबिया र यूएईले पहिलो खेल खेल्दै

मुम्बई : आइसिसी टी२० विश्वकप २०२६ मा आज समूह ‘डी'मा रहेको युएई र समूह ‘ए' मा रहेको नामिबियाले पहिलो खेल खेल्दैछन्। समूह ‘सी'को पाँचवटा टोलीले कम्तीमा एक खेल खेलिसकेका छन्। 

वेस्ट इन्डिजले समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराउँदै विजयी सुरुवात गरेको छ। त्यस्तै इङ्ल्यान्डले नेपाललाई चार रनले हरायो। स्कटल्यान्डले भने समूह चरणको दुईवटा खेल खेलिसकेको जसमा स्कटल्यान्डले एक जीत र एक हार बेहोरेको छ। पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको स्कटल्यान्डले दोस्रो खेलमा इटालीलाई हराएको हो। 

पहिलो खेलमा वेस्ट इन्डिजसँग ३५ रनले हारेको स्कटल्यान्डले दोस्रो खेलमा इटालीलाई ७३ रनले हराउँदै हाल समूह ‘सी' को दोस्रो स्थानमा रहेको छ। इटालीले पहिलो खेल हार्यो। त्यस्तै नेपालले पनि पहिलो खेल हार्‍यो। 

अब नेपालले दोस्रो खेल इटालीसँग खेल्दैछ। फेब्रुअरी १२ मा मुम्बईको वाङखेडे स्टेडियममा नेपाल र इटालीको खेल हुनेछ। 

समूह एबाट भारत पाकिस्तान नेदरल्यान्ड र अमेरिकाले समान एक -एक खेल खेलेका छन्। नामीबियाले भने हालसम्म कुनै पनि खेल खेलेको छैन। भारत र पाकिस्तानले जित दर्ता गरेका छन् भने नेदरल्यान्ड्स र अमेरिका पहिलो हारसहित अङ्कविहीन छन्। 

समूह ‘बी'मा जिम्बाब्वे र श्रीलङ्काले अङ्क बटुल्दा आयरल्याण्ड र ओमान अङ्कविहीन छन्। त्यस्तै अस्ट्रेलियाले भने हालसम्म समूह चरणको एक खेल पनि खेलेको छैन। समूह ‘बी'बाट जिम्बावे ओमानलाई ८ विकेटले पराजित गरेको थियो। श्रीलंकाले आइल्यान्डलाई २० रनले हरायो। 

समूह ‘डी' मा दक्षिण अफ्रिका र न्यूजिल्याण्डले विजयी सुरुवात गरेका छन्। अफगानिस्तान र क्यानडा भने अङ्कविहीन छन्। दक्षिण अफ्रिकाले पहिलो खेलमा क्यानडालाई ५७ रनले हरायो। न्युजिल्यान्डले अफगानिस्तानमाथि ५ विकेटको जित दर्ता गरेको हो। 

टी २० विश्वकपमा आज ३ खेल: समूह ‘ए'बाट दुई खेल र समूह ‘डी'को एक खेल

आज टी २० विश्वकप २०२६ मा तीन खेल हुनेछन्।

 समूह ‘ए' बाट आज दुई खेल हुँदैछन्। नेदरल्यान्ड र नामिबियाले दिल्लीको अरुण जेट्लीले स्टेडियममा खेल्दैछन् भने पाकिस्तान र अमेरिकाले कोलम्बोमा खेल्दैछन्।
हालसम्म समूह चरणको एक खेल पनि नखेलेको नामीबियाले नेदरल्यान्ड्ससँग खेल्नेछ। नेदरल्यान्ड्सले पहिलो खेलमा पाकिस्तानसँग तीन विकेटको हार बेहोरेको थियो। जसका कारण आज नेदरल्यान्ड्स जितको खोजीमा हुनेछ। त्यस्तै नामिबीया पनि जितसहित टी २० विश्वकप २०२६ को सुरुवात गर्न चाहन्छ। 

पहिलो खेलमा भारतसँग राम्रो प्रदर्शन गरेको अमेरिका दोस्रो खेलमा पाकिस्तानसँग भेट्दैछ। पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो। पहिलो खेलमा भारतसँग २९ रनले हार बेहोरेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई राम्रै चुनौती पेश गर्नेछ। 

युएइले पनि आज विश्वकप २०२६को पहिलो खेल खेल्दैछ। समूह ‘डी' मा रहेको युएइले आज न्युजिल्यान्डसँग खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो। न्यूजिल्याण्ड दोस्रो जितको खोजीमा हुनेछ भने युएई पनि विश्वकपमा सुखद सुरुवात चाहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.