मधेशमा बालेनको चुनावी अभियान

मधेशमा बालेनको चुनावी अभियान

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मधेश केन्द्रित चुनावी अभियानमा निस्केका छन्। बालेनले हुलाकी सडक राजमार्गअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु भएको जनसम्पर्क तथा घण्टी अभिवादन अभियानलाई तीव्र पारेका हुन्। बालेन सप्तरी क्षेत्र नं. १ को सप्तकोशी हुँदै कञ्चनरुप गाउँपालिका, हनुमाननगर हुँदै राजविराज, डाक्नेश्वरी नगरपालिका भएर हुलाकी राजमार्ग बोदेबरसाइन, भगवानपुर, नवराजपुर, वरियारपट्टी हुँदै सिरहा प्रवेश गरेका थिए।  

त्यस्तै उनी सिरहाको सुखीपुर औरही चौक, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर र सिरहा सदरमुकाम सिरहा बजार पुगेका थिए। बालेनलाई रास्वपाका उम्मेदवारहरूले भव्य स्वागत गरेका थिए भने बालेनले घण्टी बजाएरको समर्थकहरूसँग मुस्कुराउँदै अघि बढेका थिए। प्रायः उनी कहीँ पनि रोकिँदैनथे। समर्थकलाई घण्टी बजाएर अगाडि लम्किहाल्थे। सिरहा र धनुषाको कमल पुरबाट धनुषा क्षेत्र नं. २ का उम्मेदवार रामविनोद यादवले स्वागत गरेका थिए।

पूर्वनिर्धारित कार्यक्रम अनुसार कमलाको पूलबाट उम्मेदवार रामविनोद यादवले स्वागतसहित कमला नगरपालिका हुँदै विदेह नगरपालिकाको तिनकौरिया चौक, शहिद नगरपालिकाको यदुकूहा सहितको क्षेत्रमा रोड शोमा बालेनले सहभागी जनाए। बालेनले गाडीबाटै घण्टी हल्लाउँदै मुस्कुराउँदै समर्थकहरूको उत्साह बढाउँथे। रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन्। बालेन पुगेका अधिकांश जिल्लामा समर्थक र कार्यकर्ताको भिड लागेको छ।

धनुषाको क्षेत्र नं. १ को धनुषाधाम बजार हुँदै तारापट्टी हुँदै जनकपुरधाम प्रवेश गरेका उनी धनुषाको क्षेत्र नं. ३ को नगराइनसम्म पुगेका थिए। 'सम्भव भएसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा दुई शीर्ष नेताहरू पुग्ने भन्ने छ,' प्रवक्ता मनिष झाले भने, ‘यसबीच सार्वजनिक कार्यक्रम पनि हुन्छन्। पार्टीका वाचा पत्रलगायत विषय पनि आउँछन्।’

बालेनले जनकपुरधाम हुँदै महोत्तरीको जलेश्वर बजार परिक्रमा गरेका थिए। सो क्रममा बालेन आफ्नो पैतृक घर महोत्तरीको एकडारा गाउँपालिका हुँदै रामगोपालपुर नगरपालिका भएर बलवा नगरपालिका सरपल्लो हुँदै हाथिलेट बर्दिबास गएर विश्रामको कार्यक्रम राखिएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.