चार रनको हार, विश्वको नजर नेपालमा : प्रशंसा मात्रै कि अवसर पनि ?

चार रनको हार, विश्वको नजर नेपालमा : प्रशंसा मात्रै कि अवसर पनि ?

मुम्बई : नेपालले आइसीसी टी २० विश्वकप २०२६ मा खेलिरहेको छ। नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले हार बेहोर्‍यो। ४ रनको हारले खेलमा अंक जोड्न नसकेपनि नेपालले विश्व क्रिकेटको ध्यान तानेको छ। 

नेपालको प्रशंशामा पूर्व क्रिकेटर, फ्रेन्चाइज टिमहरुले कुनै कन्जुस्याइँ गरेनन्। नेपालका लागि ती पोष्टहरु देखेर नेपाली समर्थकको ध्यान त्यसले खुब तान्यो र ती पोष्टहरु भाइरल भए। नेपाली समर्थकले यी पोष्टहरुलाई रिपोष्ट र शेयर खुबै गरे। पछिल्लो पटक सन् २०२४ मा पनि नेपाल र दक्षिण अफ्रिकाको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको क्षणमा नेपाललाई सहानुभूति सामाजिक सञ्जालमा छरपष्ट देखिएका थिए। नेपालको लागि प्रशंसाको शब्दहरू लेख्ने प्रशंसकहरु सामाजिक सञ्जालमा मात्रै सीमित भए। सन् २०२४ मा नेपालले दक्षिण अफ्रिकालाई हराउँदा नेपाल विश्व क्रिकेटमा राम्रो सम्भावना बोकेको राष्ट्र जस्ता लेख र पोस्टहरू छरपष्ट थिए। टेस्ट राष्ट्रबाट पनि विश्वकप हेरेका धेरैले नेपाली खेलाडी र नेपालको खेलको प्रशंसा गरेका थिए। तर त्यो प्रशंसा सामाजिक सञ्जालमा नै सिमित बन्यो।

नेपालले विश्वकप पछि जुन किसिमको प्रशंसा पायो, त्यसपछि नेपालले सोही किसिमको एक्स्पोजर पनि पाउने अपेक्षा पनि गरिएको थियो तर त्यो भने भएन। यसमा नेपाली टिमका कप्तान रोहित पौडेलले सन् २०२६ को विश्वकपको दोस्रो खेल खेल्नु अघिको पत्रकार सम्मेलनमा भने, ‘हामीले सन् २०२४ को विश्वकपपछि जति तारिफ पायौं, त्यति मौका भने पाएनौं। हाम्रा लागि टेस्ट राष्ट्रसँग खेल्ने अनुभव र एक्स्पोजर निकै महत्वपूर्ण हुन्छ। हामीले उनीहरूको अगाडि आफ्नो परीक्षण गर्ने मौका पाउँछौं। आशा छ, यो विश्वकपपछि हामीले टेस्ट राष्ट्रहरूसँग केही सिरिजहरू पाउनेछौँ।’ 

रोहितले यसो भन्दै गर्दा २०२४ को विश्वकप पछि गरेको सामाजिक सञ्जालमा गरेको प्रशंसाहरु सोही स्थानमा नै सीमित रहेको जाहेर गरे।

नेपालले सन् २०२६ मा लगातार दोस्रो पटक विश्वकप खेल्दैछन्। पहिलो खेलमा इङ्ल्यान्डसँग अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा नेपालले ५ रन मात्र जोड्न सक्दा चार रनले पराजित भएको थियो। यो हारप्रसाद नेपालको प्रशंसामा आइपीएलका लगभग सम्पूर्ण टोलीले नेपाली टिमको प्रशंसा गरे त्यति मात्रै होइन विश्वका केही पूर्व खेलाडी क्रिकेट विश्लेषकहरुले नेपालको प्रशंसा खुलेरै गरे। जसमा भारतीय पूर्व क्रिकेटर युवराज सिंहदेखि दक्षिण अफ्रिकाका पूर्व खेलाडी डेल स्टेनसम्म थिए।

स्टेनले त नेपाली टिमको लागि आफू चाहिएको अवस्थामा उपस्थित हुने समेत पोस्टबाटै जाहेर गरेका थिए। भारतीय प्रिमियर लिग आइपीएलका लगभग सबै फ्रान्चाइज टिमहरूले नेपाली टिमको प्रदर्शनको प्रशंसा गरेका थिए। यसबारे इटालीसँगको खेल अगाडि नेपालका कप्तान रोहित कुमार पौडेललाई एक भारतीय पत्रकारले प्रश्न गरे, तपाईहरूको खेलको प्रशंसा सम्पूर्ण आइपीएलको फ्रेन्चाइज टिमहरूले गरेका छन्। तपाईंहरुलाई लाग्छ आइपीएलको टिमले नेपाली खेलाडीलाई समेत मौका देलान् ? यसको उत्तरमा रोहितले भने,‘मलाई लाग्छ केही नेपाली खेलाडीहरूले आइपीएलमा मौका पाउन सक्छन्।’ उनले नाम त तोकेनन् तर आशावादी रहेको भने खुलेरै व्यक्त गरे।

विदेशी पत्रकारहरूले पनि नेपाली टिमलाई आगामी दिनमा ठूला टेस्ट राष्ट्रहरुले नेपालमा आएर खेल्न चाहेको अवस्थामा तपाईंहरु तयार हुनुहुन्छ भन्ने प्रश्न गरे। यसमा रोहितले नेपालको मैदानमा ठूला टेस्ट राष्ट्र अस्ट्रेलिया, भारत र इंग्ल्यान्ड जस्तो टिमहरुलाई कीर्तिपुरको त्रिवि मैदानमा स्वागत गर्न आफूहरू तयार रहेको प्रतिक्रिया दिए । ‘अस्ट्रेलिया, भारत, इङ्ल्यान्ड जुन टिम आएपनि हामी उनीहरूलाई नेपालमा स्वागत गर्न तयार छौँ।’

नेपाली टोलीले सन् २०२४ मा दक्षिण अफ्रिकासँग खेलेको खेलको प्रशंसा गरेका धेरैमध्ये वेस्ट इन्डिजले नेपाललाई एक राम्रो एक्स्पोजर दिएको थियो। नेपाल र वेस्ट इन्डिजले गत सेप्टेम्बरमा तीन खेल सम्मेलित सिरिज खेले।‌ जुनमा नेपालले २–१ ले सिरिज जित्यो। वेस्ट इन्डिजसँग नेपाली सिरिज खेलिसकेपछि इङ्ल्यान्डको खेल खेल्न नेपाललाई केही सहज भयो। टेस्ट राष्ट्रहरूसँग खेलेको निकै कम अनुभव रहेको नेपालका लागि वेस्टन डिजिजको सिरिज महत्वपूर्ण शिक्षा थियो। यसबारेमा कप्तान रोहितले पनि इटालीसँगको खेल अगाडि प्राय प्रश्नहरू इङ्ल्यान्डसँग सम्बन्धित हुँदाले आफूहरुलाई सहयोग र एक्स्पोजर मिलेको बताए। ‘सन् २०२४ को विश्वकपपछि वेस्टर्नलिजको एउटा सिरिज पायौं। तर हामीले अन्य टिमहरूसँग पनि खेल्न पाएको भए राम्रो हुनेथ्यो।’

नेपालका कप्तानले यस्तो जवाफ दिइसकेपछि अर्को क्रममा आएका वेस्ट इन्डिजका प्रमुख प्रशिक्षक तथा पूर्व खेलाडी ड्यारेन सामीलाई नेपाली पत्रकारले यही सन्दर्भलाई जोड्दै प्रश्न गरे। टेस्ट राष्ट्रहरूसँगको खेल एसोसिएट राष्ट्रको लागि कत्तिको महत्वपूर्ण हुन्छ?

स्वामीले निकै सरल भाषामा उत्तर दिँदै भने ,‘क्रिकेट खेल हो। चाहे जुनसुकै टिमले खेले पनि हामीले यो खेलको विकासमा सहयोग गर्नु हाम्रो जिम्मेवारी हो।’उनले भने नेपालसँग चाहे अस्ट्रेलिया, भारत होस् या इङ्ल्यान्ड जसले खेले पनि एसोसिएट राष्ट्रहरुसँग खेल्दा उनीहरुलाई आफ्नो स्तरपरीक्षण गर्ने मौका मिल्छ। उनीहरुलाई एक्सपोजरको राम्रो मौका हुन्छ। यो क्रिकेटको विकासको लागि महत्वपूर्ण हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.