तीन हप्तापछि परिस्थिति बेग्लै बन्ने प्रचण्डको दावी

‘नेकपाले सबैलाई टप्यो भन्ने दिन आउँदैछ’

तीन हप्तापछि परिस्थिति बेग्लै बन्ने प्रचण्डको दावी
सुन्नुहोस्

पोखरा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न नेता–कार्यकतालाई निर्देशन दिएका छन् ।

पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् ।

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने ‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकर्ता तथा शुभेच्छुक आ–आफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।’

‘निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्क्रिय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गराउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समीकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसदमा ठूलो पार्टी बन्न चाहन्छौँ’, संयोजक प्रचण्डले भने । संयोजक प्रचण्डले अबको तीन सातापछि मुलुकभर नेकपाले सबै दललाई टप्ने जिकिर गरे । 

विगतमा सभा सम्मेलनको लागि खर्च हुने पैसा अहिले डिजिटल प्रचारमा खर्चिएको भन्दै अबको दुई तीनपछि पार्टीको माहोल छुट्टै हुने दावी गरे । ‘ठूला–ठूला सम्मेलन र सभा गरेर, लाखौं खर्च गरेर भोट माग्ने जमान गइसकेको छ, टोल–टोल र घरघरमा गएर आफ्नो कुरा बताउनु पर्नेछ’, उनले भने, ‘प्रविधिमा हामी साम्राज्यवादीसँग प्रतिष्पर्धा त गर्न सक्दैनौँं तर गलत सूचनालाई काउन्टर दिन सकिन्छ, हाम्रो साथीहरु लागिराख्नु भएको छ, तीन हप्तापछि सबैलाई टप्यो भन्ने दिन आउँदैछ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.