सिमरा विमानस्थलबाट काठमाडौं लागे बालेन

सिमरा विमानस्थलबाट काठमाडौं लागे बालेन

सिमरा : मधेश प्रदेशमा चुनाव लक्षित ‘रोड शो’ गर्दै हिंडेका रास्वपा नेता बालेन्द्र शाह (बालेन) बुधबार साँझ काठमाडौं फर्किएका छन्। सिमरा विमानस्थलबाट ५ बजेको विमान चढेर उनी काठमाडौं फर्किएका हुन्।

सप्तरीबाट सडक मार्ग हुँदै मंगलबार मधेश पसेका बालेन सिमराबाट हवाइ मार्ग हुँदै काठमाडौं फर्किए। उनलाई हेर्न सिमरा विमानस्थलमा समेत समर्थक पुगेका थिए। यसअघि उनी बाराको निजगढ, कलैया हुँदै वीरगन्ज पुगेका थिए। वीरगन्जमा केही समय विताएर बालेन गण्डक, परवानीपुर, जीतपुर हुँदै सिमरा आएका हुन्।

सिमरा विमानस्थल पुग्नुअघि रास्वपाका स्थानीय नेताले बालेन जीतपुर हुँदै ठोरी जाने बताएका थिए। बालेनको जीतपुरपछिको यात्राबारे स्थानीय नेता अनविज्ञ थिए। जीतपुरमा गाडीबाटै समर्थकलाई हात हल्लाएका बालेन सिमरा विमानस्थल हुँदै काठमाडौं गएका हुन्। बालेनसँग उनका सहयोगी कुमार बेनलगायत थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.