‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिएनन् पालिकाले

‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिएनन् पालिकाले
सुन्नुहोस्

गोरखा : जनयुद्ध दिवसमा सार्वजनिक बिदा नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि गोरखाका स्थानीय तहहरूले यस वर्षको फागुन १ गते सार्वजनिक बिदा आहान गरेका छैनन्।

माओवादीले नेतृत्व गरेका गोरखाका नौ स्थानीय तहमध्य सात स्थानीय तहहरूले विगतका वर्षहरूमा जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा गर्ने गरेका थिए। प्रचण्ड नेतृत्वको सरकारले समेत सो दिनमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सर्वोच्च अदालतले सो दिनमा सार्वजनिक बिदा नगर्न २०८१ माघ ३० गते निर्देशन गरेको थियो। 

सर्वोच्चको आदेशपछि यस वर्ष ती पालिकाहरू जनयुद्ध दिवसमा सार्वजनिक बिदा गर्नबाट पछि हटेका छन्। सो अवसरमा विभिन्न कार्यक्रमहरू मात्र गर्ने निर्णय भएको गण्डकी गाउँपालिकाले जनाएको छ। ‘जनयुद्ध दिवसका अवसरमा हामीले ‘जनयुद्धको विरासत र जेन–जी आन्दोलन’ शीर्षकमा पालिका भरिका विदालय स्थानीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेका छौं’, गण्डकी गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिना भन्छन्, ‘नृत्य प्रतियोगिता पनि आयोजना गरेका छौं।’

भीमसेनथापा गाउँपालिकाले पनि यस वर्ष सार्वजनिक बिदा नगरेर जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रम मात्र आयोजना गरेको पालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.