शिवले रचेका सृष्टिका थुँगा,
टिपेर माथमा मेरा बाबा टिपेर माथमा।
तपस्वी बनेर जीवन बिताउँ,
ज्ञान र ध्यानको झोली है भिरी,
आत्मालाई चिनेर मेरा बाबा आत्मालाई चिनेर।
सत्मार्ग बाटो लिई अँगालाभरि,
पुग्नु छ हिँडेर मेरा बाबा पुग्नु छ हिँडेर।
त्यो दिव्य दृष्टि नि परमात्मासित,
ध्यानले भेटिने मेरा बाबा ध्यानले भेटिने।
आनन्द सागरमा डुबुल्की मार्दै,
भोक प्यास मेटिने मेरा बाबा भोक प्यास मेटिने।
यी हाम्रा पाखुरी यी हस्तरेखा,
सेवाकै मर्ममा मेरा बाबा सेवाकै मर्ममा।
मान्नु नै पर्ने नि संस्कार हाम्रो,
मानव धर्ममा मेरा बाबा मानव धर्ममा।
प्रतिक्रिया दिनुहोस !