सलमान खानका बुवा सलीम खान अस्पताल भर्ना
मुम्बई : बलिउड सुपरस्टार सलमान खानका पिता तथा बलिउडका अनुभवी पटकथा लेखक सलीम खान अस्पताल भर्ना भएका छन्। मंगलबार सलीम खानको स्वास्थ्य बिग्रिएपछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन्।
अस्पताल प्रशासनले मंगलबार बिहान ८:३० बजे सलीम खानलाई आकस्मिक कक्षमा ल्याइएको बताएको छ। उनको उपचारका लागि डाक्टरहरूको टोली गठन गरिएको छ।
यद्यपि, उनलाई के समस्या भएर अस्पताल भर्ना गरिएको हो भन्ने बारे परिवारको तर्फबाट कुनै आधिकारीक जानकारी सार्वजनिक गरिएको छैन। परिवारका सदस्यहरू भने अस्पताल पुगिरहेका छन्। मंगलबार बिहान सलमान अस्पतालमा देखिएका थिए। उनी अस्पतालबाट बाहिर निस्कँदै गर्दा साथमा केही सुरक्षाकर्मी पनि थिए।
सलमान बाहेक अस्पताल बाहिर सलीमका ज्वाइँ अतुल अग्निहोत्री र आयुष शर्मा पनि देखिएका थिए। बुबालाई भेट्न छोरी अलवीरा पनि अस्पताल पुगेकी छन् ।
सलिम अस्पताल भर्ना भएको खबरपछि फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस !