बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की, सुरक्षामा कडाइ

बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की, सुरक्षामा कडाइ

काठमाडौं : बलिउड अभिनेता रणवीर सिंहलाई आएको धम्कीपूर्ण भ्वाइस नोट प्रकरणमा नयाँ खुलासा भएको छ। उनलाई पठाइएको धम्कीपूर्ण भ्वाइस नोट अमेरिकन नम्बरबाट आएको खुलेको छ। स्रोतका अनुसार मुम्बई क्राइम ब्रान्चले उक्त नम्बरको विवरण प्राप्त गर्न प्रोटोकलमार्फत अमेरिकाको सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। 

सिंहलाई गत हप्ताको मंगलबार ज्यान मार्ने धम्की आएको थियो। यो धम्की ह्वाट्सएपमा पठाइएको एक भ्वाइस नोटमार्फत दिइएको हो । सो सन्देशमा आरोपीले १० करोड रुपैयाँ फिरौतीको माग गरेका थिए।

धम्की प्राप्त हुनेबित्तिकै मुम्बई प्रहरीले सिंहको बान्द्रास्थित निवास बाहिर सुरक्षा कडा बनाउदै अनुसन्धानलाई तीव्र रुपमा अगाडी बढाएको थियो । 

अनुसन्धानका क्रममा बिश्नोई गैंग सँग सम्बन्धित व्यक्तिले धम्की पठाएको आशंका गरिएको छ। स्रोतका अनुसार ‘हैरी बॉक्सर’ नामका एक व्यक्तिले रणवीरका म्यानेजरको व्हाट्सएपमा भ्वाइस नोट पठाएर रकम माग गरेको खुल्नमा आएको छ। प्रारम्भिक जाँचमा उक्त भ्वाइस नोटमा हैरी बॉक्सरकै आवाज भएको संकेत भेटिएको बताइएको छ, यद्यपि थप प्रमाण संकलन भइरहेको छ।

क्राइम ब्रान्चले रणवीर सिंहका म्यानेजरको बयान दर्ता गरिसकेको छ। धम्की आएपछि अभिनेताको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

यसअघि धम्की पठाउँदा भिपीएन नेटवर्क प्रयोग गरिएको र लोकेसन विदेश देखिएको खुलासा भएको थियो। सोही कारण अनुसन्धानमा इन्टरपोलको समेत सहयोग लिइएको बताइएको छ। प्रकरणबारे विस्तृत अनुसन्धान जारी रहेको मुम्बई प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.