रोगको जरा नै खराब जीवनशैली हो
मुटु, मधुमेह, मिर्गौलाजस्ता दीर्घ रोग बढ्नुको मुख्य कारण के हो ?
नसर्ने रोगहरूको बोझ बढिरहेको छ। व्यवस्थापन कसरी गर्न सकिएला ?
दीर्घरोगले बिरामीको अवस्था त बिग्रिने भइरहाल्यो। राज्यको खर्च पनि बढ्दो छ नि ?
हो। मिर्गौला, मुटु, मधुमेह क्यान्सरलगायतका रोगले व्यक्तिको स्वास्थ्यमा असर गरिरहेको हुन्छ। उपचार खर्च व्यहोर्न घरपरिवारलाई पनि धौ धौ परिरहेको हुन्छ। बिरामीले पाउने दुःखलाई रोक्न सकिन्छ। यी रोगको रोकथाम र उपचारमा पनि राज्यले करोडौं खर्च गरिरहेको छ। यसका लागि राष्ट्रिय प्रोटोकल बनाई एकीकृत रूपमा काम गर्न जरुरी छ।
सुरुवाती अवस्थामै के गर्न सकिन्छ ?
व्यक्ति स्वयं पनि सजग हुनुपर्छ। हामीले सर्वसाधारणलाई एबीसीडीई जाँच गरौं भनिरहेका छौं। ए भनेको पिसाबमा एल्बुमिनको जाँच, बी भनेको ब्लडप्रेसर, सी भनेको कोलेस्टेरोल, डी भनेको डायबिटिज र ई भनेको मिर्गौलाका लागि क्रियटिनिन (ईजीएफआर) जाँच हो। के भनेको मिर्गौलाको लागि क्रियटिनन जाँच हो। यी पाँचको जाँच गरे रोगले छिट्टै अंग बिगार्न पाउँदैन। त्यसैले रोगले अंगलाई बिगार्नु अघि नै सजग हुनुपर्छ। जनसमुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्छ। त्यसपछि उपचारमा पहुँच पुर्याउनु पर्छ। सरकारले पनि गाउँघरमा रहेका स्वास्थ्यसंस्थाबाट दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्छ। घरदैलोमै सेवा प्रवाह गर्न सके दीर्घरोगको रोकथाममा सहयोग पुग्छ।
उपचार पद्धति त सहरमुखी छ नि ?
सहरमुखी उपचार पद्धति भएका कारण सबैको उपचारमा पहुँच पुग्न सकेको छैन। गाउँघरमा स्वास्थ्य संस्थामा सेवा दिने सरकारी जनशक्तिलाई तालिम दिएर दक्ष बनाउनु पर्छ। त्यसका लागि हरेक महिना अनलाइनबाट पनि तालिम दिन सकिन्छ।
पाइलटिङको रूपमा मेची, दमक र फुङलिङ नगरपालिकामा हामीले स्वास्थ्यकर्मीलाई तालिम पनि दिएका पनि छौं। प्यारामेडिक्स (ननफजिसियन)लाई तालिम दिएर पनि दक्ष बनाउन सकिन्छ। यसो गर्दा गाउँघरमै रक्तचाप, कोलेस्टेरोल, सुगर, मिर्गौलाको सुरुवाती अवस्थाको जाँच गर्न सकिन्छ। प्राइमरी तहमै पनि धेरै गर्न सकिन्छ। घरदैलोमै सम्भव नभएमा माथिको जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय तहका अस्पतालमा रेफर गर्न सकिन्छ। प्रा.डा. सञ्जीवकुमार शर्मासँग गरिएको कुराकानी
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !