नवीन, गायनबाटै पहिचान

नवीन, गायनबाटै पहिचान

सागरले मोती पायो, बत्तीले ज्योति पायो, त्योभन्दा धेरै–धेरै मैले तिमीलाई पाएँ...। डा. कृष्णहरि बरालको शब्द–रचना, रिमेश थापाको संगीत र मेलिना राईसहितको स्वरमा सजिएको यो लोकप्रिय गीत लोभलाग्दो श्रव्यदृश्यसहित गाउँ–सहरमा घन्कँदा कौतुहल जाग्न सक्छ– यो कर्णप्रिय आवाज कसको होला भनेर ?

मायाप्रीति, भूगोल, मौलिक संस्कृति, भेषभूषा, राष्ट्रप्रेम आदि विविध विधाले भरिएका थुप्रै गीत गाएका छन् उनले। २०७७/७८ मा सार्वजनिक भएको ‘नवीन’ एल्बममा समेटिएको यही गीतले भने प्रस्ट चिनायो, स्थापित गरायो अनि चर्चित पनि बनायो। र त कतै नेपाली सांगीतिक आकाशमा पृथक् शैलीको उज्यालो थपेको आभास हुन्छ। असीमित कलाका धनी उनलाई बहुप्रतिभाका प्रतिमूर्तिभन्दा अत्युक्ति नहोला। उनी हुन्, नवीन कार्की।

गायक उनको परिचय यतिमै सीमित छैन। बाल्यकालदेखिकै सोख, सोच र हाउभाउले भावी दिनको क्षेत्र–पेसा संकेत गरिसकेको थियो सायद। नवीनको जन्म तामाकोशी गाउँपालिका–३, जफे–रयाले, दोलखा हो। ढुण्डीराज र यमकुमारीका दुई छोरा, दुई छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो। मध्यमवर्गीय परिवारका नवीनको बाल्यकाल साथीसंगीको तुलनामा पृथक् ढंगले बित्यो। अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा सदा अब्बल थिए उनी। चनौटे प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेपछि उनले गोल्मेश्वर माविमा कक्षा ६ पढे। २०४७ सालमा लैनचौरस्थित शान्ति विद्या गृह, काठमाडौंमा कक्षा ७ मा भर्ना भए। ९ सम्म पढेर पुन: गाउँ फर्किए। एसएलसी सकेर पुन: काठमाडौं फर्किए।

सन्दर्भ, २०५१ सालको हो। अब भने नवीनको दैनिकीमा आमूल परिवर्तन आयो। उच्च शिक्षा अध्ययनसँगै संगीत क्षेत्रबाटै भविष्य निर्माण गर्ने सुनौलो सपना बोकेका उनी आरआर क्याम्पस भर्ना भए। त्यहाँ पनि संगीत विषय नै रोजे। २०५२ सालमा जिल्लावासी सञ्चारकर्मी बलराम थापाको अध्यक्षतामा अभियान कला–सांस्कृतिक मञ्च गठन भयो। त्यसको सहसचिव बने नवीन। सोही संस्थाको आयोजनामा २०५२ वैशाख ५ गते राष्ट्रिय सभागृहमा नयाँ वर्षको बृहत् शुभकामना आदान–प्रदान कार्यक्रममा प्रस्तुति दिए र नवीनले राष्ट्रियस्तरको मञ्चबाट पहिलो पाइला अघि बढाए।

‘म सानैबाट रेडियो, टेलिभिजनमा बज्ने गीत सुन्थें, गायक–गायिकाले गाएको गीतको नक्कल गर्थें। कतिपयको त हुबहु मिलाउँथे’ नवीन विद्यार्थीकालका क्षण स्मरण गर्छन्, ‘यसैगरी गाउने, नाम बज्ने दिन कहिले आउला भनेर सोचिरहन्थें। त्यसपछि त जसरी पनि गायक बन्छु भन्ने हुटहुटी बढ्यो।’ अतिरिक्त क्रियाकलापमध्ये गायन प्रतियोगितामा भाग लिन्थे उनी। लोक, आधुनिक, गजल, राष्ट्रिय सबै प्रकारका गीत गाउन उत्तिकै माहिर नवीनले हालसम्म एक सयभन्दा गीतमा स्वर दिएका छन्। जसका तीनवटा ‘एल्बम’ आइसकेका छन्। नयाँ एल्बम सार्वजनिकको पर्खाइ छ उनको। उनको स्वरमा सजिएका ‘लाऊ माया चुनेर...’, ‘महलमा राज होला तिम्रो...’, ‘तिमीलाई रोजें...’, ‘सागरले मोती पायो...’, ‘पानी मीठो कुवाको नानी...’, ‘फुली सक्यो लालीगुँरास...’ जस्ता दर्जनौं गीत श्रोता–दर्शकको मनमस्तिष्कमा छन्।

२०५४ मा नवीनले गायिकाद्वय सूर्यकुमारी गुरुङ र बिमाकुमारी दुरा अनि संगीतकार रत्न बानियाँको साथ लिएर पहिलो लोकदोहोरी ‘एल्बम’ ‘लाऊ माया चुनेर’ गाए जुन ‘एल्बम’ले पनि चर्चा कमायो। त्यसपछि २०५५/५६ मा तुलसी बस्नेतको शब्द र सुशील विश्वकर्माको संगीतमा सजिएको अनि आफ्नै शब्द–संगीत रहेको ‘घुम्दाघुम्दै डुंगा चढी...’ र ‘पछ्यौरी उडाइलग्यो है...’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गराए। २०७७/७८ मा ८ वटा गीत समावेश ‘नवीन–१’ र त्यसको २ वर्षपछि ७ गीत समाविष्ट ‘नवीन–२’को स्वाद श्रोता/दर्शकलाई चखाए। अब भने ‘नवीन–३’ आउने तयारीमा छ। ‘यो पनि छिट्टै ल्याउने छु, ५ गीत समावेश छन्’ नवीन भन्छन्, ‘ज्येष्ठ नागरिकप्रति समर्पित ‘नवीन–३’ले पनि श्रोता/दर्शकको माया पक्कै पाउनेछ।’

रोचक पक्ष त के छ भने नवीनले यस्ता व्यक्तित्वको शब्द–रचना र संगीत रहेको गीतमा स्वर दिए, जसको नाम सुन्नासाथ संगीतप्रेमी र स्रष्टा–सर्जकको समेत गर्वले छाती फुल्छ अनि निहुरिएर सम्मान गर्नपर्ने हुन्छ। रत्नशमशेर थापा, गुरुदेव कामत, शक्ति वल्लभ, डा. कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, खड्ग गन्धर्व, सुशील विश्वकर्मा, शम्भु भट्ट, राजनराज शिवाकोटी, रिमेश थापा, राजुबाबु श्रेष्ठ आदि यो श्रेणीमा पर्छन्।

नेपालीमा कथन छ– ‘नम्बरी सुनलाई कसी लगाइरहनु पर्दैन।’ नवीनको हकमा कुनै फुँदा गाँसेर परिचय दिइरहनु पर्दैन। औपचारिक चिनजान नभए पनि अधिकांशको नजरमा नौलो छैनन् उनी। स्वदेशीदेखि विदेशीसम्म हरेक तहतप्काको मनमस्तिष्कमा छन् उनी। झट्ट हेर्दा सामान्य लाग्छ तर गहिराइमा पुगेपछि थाहा हुन्छ असामान्य छन् नवीन। मिजासिलो स्वभाव, धैर्यवान्, भद्र र बौद्धिक पनि। चुनौतीलाई अवसर अनि अनुभव ठान्छन् उनी। नेपाली कलाकार हुनुको गर्व, समाज–राष्ट्रप्रतिको जिम्मेवारी अनि पदीय उत्तरदायित्व साबित गरेका छन् उनले। निर्भीक, लगनशील, कर्मठ, परिश्रमी, जोसजाँगर एवं इच्छाशक्तिका धनी लाग्छन् उनी।

विश्वका करिब डेढ दर्जन मुलुकको भ्रमण गरेका नवीन यस अर्थमा दर्जनौं सम्मान, पुरस्कारसहित अभिनन्दित भएका छन्। ‘जफे गाउँ विकास समितिको सम्मान–२०५७’ (गाविसको पहिलो गायक), ‘म्युजिक खबर म्युजिक अवार्ड–२०२१’ (सर्वोत्कृष्ट ‘एल्बम’, ‘नवीन’, ‘म्युजिक खबर म्युजिक अवार्ड–२०२१’ (सर्वोत्कृष्ट आधुनिक गीत, ‘कुवाको पानी...’), ‘निम अवार्ड–२०२३’ (सर्वोत्कृष्ट गायक, ‘सागरले मोती पायो...’), ‘निम अवार्ड–२०७८’ (वर्षको सर्वोत्कृष्ट गायक, ‘आँखाले हेर्‍यो नि...’), ‘८औं नेसनल क्यापिटल अवार्ड–२०७८’ (जुरी अवार्ड–सर्वोत्कृष्ट आधुनिक गायक, ‘कुवाको पानी...’), ‘राष्ट्रिय जेष्ठ नागरिक कोष प्रशंसापत्र–२०८२’ (ज्येष्ठ नागरिक गीत) आदि केही उदाहरण हुन्।

निष्कर्षमा नवीन : कार्की नेपाली गायनका चम्किला तारा हुन्। जसले सानैदेखि गीत गाउन निकै रुचाए। उनले संगीत विषयमा उच्च शिक्षा पनि लिए। उनको पहिलो सांगीतिक प्रस्तुति सफल रह्यो। उनले सयभन्दा बढी गीत गाएका छन्। उनका तीनवटा एल्बम सार्वजनिक भइसकेका छन्। उनी बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनको गायन शैली मौलिक र फरक छ। उनले दिग्गज स्रष्टाहरूसँग सहकार्य गरेका छन्। उनको स्वभाव निकै भद्र र बौद्धिक छ। उनी राष्ट्र र समाजप्रति जिम्मेवार छन्। 

उनको गायन यात्रा निरन्तर अघि बढ्दैछ। उनले नेपाली संगीतमा नयाँ उज्यालो थपे। नयाँ पुस्ताका लागि उनी ठूला प्रेरणा हुन्। उनको आवाजमा जादु र मिठास छ। उनी धैर्यवान् र मेहेनती कलाकार हुन्। उनले मौलिक संस्कृतिको संरक्षण गरेका छन्। सबैले उनको कलाको उच्च सम्मान गर्छन्। नवीन कार्की एक सफल गायक हुन्। उनको भविष्य धेरै नै उज्ज्वल देखिन्छ। नेपाली गीत संगीत नै उनको पहिचान हो। उनले राष्ट्रप्रेमका धेरै गीत गाएका छन्। उनको नाम संगीतमा अमर रहनेछ। उनी कलाका असीमित धनी व्यक्तित्व हुन्। उनले विविध विधामा गीत गाएका छन्। उनी एक सच्चा र कर्मठ कलाकार हुन्। 
उनी नेपाली कलाका एक सच्चा सपूत हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.