अत्यधिक प्रशोधित खानेकुरा खानु हुन्छ ? आन्द्राको सूक्ष्मजीवलाई यसरी गर्छ प्रभावित

अत्यधिक प्रशोधित खानेकुरा खानु हुन्छ ? आन्द्राको सूक्ष्मजीवलाई यसरी गर्छ प्रभावित
सुन्नुहोस्

काठमाडौं : हाम्रो शरीरभित्र अर्बौं–खर्बौं सूक्ष्मजीवहरूको व्यस्त संसार बसोबास गर्छ, जसलाई हामी ‘माइक्रोबायोम’ भन्छौ ं। यो हाम्रो स्वास्थ्यका धेरै पक्षहरूमा प्रभाव पार्छ ।

‘आन्द्राको विविधतालाई जंगल जस्तै सोच्न सकिन्छ । जति धेरै र फरक–फरक प्रकारका सूक्ष्मजीव हुन्छन्, त्यति नै कुनै अवरोध वा समस्यासँग जुध्ने क्षमता बढी हुन्छ’, मेलिसा लेन भन्छिन् । विज्ञानले धेरै अघि नै पुष्टि गरिसकेको छ कि स्वस्थ र विविध माइक्रोबायोम हाम्रो समग्र स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण छ । यसले हाम्रो मनोदशा, मेटाबोलिज्म र मस्तिष्कसम्म प्रभाव पार्छ ।

कम ब्याक्टेरियाली विविधता भएका मानिसहरूमा निद्रासम्बन्धी समस्या, कमजोर आन्द्रा स्वास्थ्य र बढी सूजन (इन्फ्लेमेसन) देखिन्छ । उच्च विविधता दीर्घायुसँग पनि जोडिएको छ । ‘यो एउटा सम्पूर्ण पारिस्थितिकी तन्त्र हो । यो हाम्रो शरीरको अतिरिक्त अङ्ग जस्तै हो’, सारा बेरी भन्छिन् । तर हामीले दैनिक खाने केही खाना यस पारिस्थितिकी तन्त्रलाई हानी पु¥याइरहेको हुनसक्छ । विशेष गरी अल्ट्रा–प्रोसेस गरिएको खानाले आन्द्राका सूक्ष्मजीवहरूलाई विघटन गर्न सक्छ ।

खाद्य पदार्थमा हुने एडिटिभ संयोजक पदार्थको प्रभाव
सुपरमार्केटमा कुनै पनि खाद्य वस्तुको लेबल हेर्दा तपाईंले इमल्सिफायर (emulsifiers), कृत्रिम मिठास, रङ जस्ता थुप्रै पदार्थहरू भेट्नु हुन्छ । यिले खानालाई स्वादिलो, कुरकुरे, आकर्षक बनाउने र लामो समयसम्म टिकाउने काम गर्छन् । उदाहरणका लागिः
आइसक्रिम नरम र छिटो नगल्ने हुनु, ब्रेड लामो समयसम्म नरम रहनु, केक धेरै दिनसम्म ओसिलो रहनु । यी सबैमा इमल्सिफायरको भूमिका हुन्छ । बेलायतमा गरिएको एक विश्लेषणले करिब ६,६४० खाद्य उत्पादनमा इमल्सिफायर भएको पत्ता लगाएको थियो । जुन परीक्षण गरिएका उत्पादनको करिब आधा हो ।

किन चिन्ताको विषय ?
अनुसन्धानहरूले देखाएका छन् कि यी एडिटिभहरूले आन्द्राको माइक्रोबायोममा नकारात्मक असर पार्न सक्छन् र इन्फ्लेमेटरी बाउल डिजिज, इरिटेबल बाउल सिन्ड्रोम र कोलोरेक्टल क्यान्सरसँग सम्बन्धित हुन सक्छन् । Benoit Chassaing ले Institut Pasteur मा गरेको मुसामा आधारित अध्ययनमा कम मात्रामा प्रयोग गरिएका दुई सामान्य इमल्सिफायरले ब्याक्टेरियालाई आन्द्राको भित्तासम्म नजिक ल्यायो, जसले सूजन र रोगका लक्षण उत्पन्न गर्‍यो ।

सामान्य अवस्थामा, आन्द्राको भित्तामा म्युकसको तहले सूक्ष्मजीवलाई सुरक्षित दूरीमा राख्छ । तर जब यो तह क्षति हुन्छ, दीर्घकालीन सूजन हुन सक्छ । मानिसमा गरिएको केही अध्ययनहरूले पनि सम्भावित सम्बन्ध देखाएका छन् :

१ लाखभन्दा बढी वयस्कमा गरिएको फ्रान्सेली अध्ययनले इमल्सिफायर बढी खानेहरूमा टाइप २ मधुमेहको जोखिम बढी देखायो ।
९०,००० भन्दा बढी वयस्कमा गरिएको अर्को अध्ययनले स्तन र प्रोस्टेट क्यान्सरसँग सम्भावित सम्बन्ध देखायो ।

यद्यपि यी सम्बन्ध मात्र हुन्, सानो मानव परीक्षणमा स्वस्थ व्यक्तिले इमल्सिफायरयुक्त खाना खाँदा आन्द्राका स्वस्थ ब्याक्टेरिया घटेको पाइएको छ । केभिन ह्वीलन र Chassaing ले क्रोन्स रोग भएका बिरामीमा गरेको क्लिनिकल ट्रायलले इमल्सिफायर कम भएको आहार अपनाउनेहरूमा लक्षण सुधार तीन गुणा बढी भएको देखायो ।

नियमनको अवस्था
युरोपियन फुड सेफ्टी अथोरिटीका अनुसार युरोपमा सबै खाद्य एडिटिभहरूलाई भ् नम्बर दिइन्छ र बजारमा प्रयोग गर्नुअघि सुरक्षाको मूल्यांकन गरिन्छ । त्यस्तै, Food and Drug Administration  पनि खाद्य एडिटिभ प्रयोगअघि स्वीकृति आवश्यक हुने बताउँछ ।

तर समस्या के छ भने यी पदार्थहरू माइक्रोबायोममा कस्तो असर पार्छन् भन्ने परीक्षण अघिल्लो समय गरिँदैनथ्यो । साथै, धेरै एडिटिभहरू सँगै प्रयोग हुँदा ‘ककटेल प्रभाव’ हुन सक्छ, जसको असर छुट्टै अध्ययन गर्न कठिन हुन्छ ।

प्रोसेसिङ पनि महत्वपूर्ण
मेलिसा लेन र उनका सहकर्मीहरूले गरेको एक अध्ययनमा उच्च UPF आहारले आन्द्राको विविधता घटाएको पत्ता लाग्यो । दुबै समूहले समान क्यालोरी र पोषक तत्व पाए पनि, ताजा र न्यून–प्रोसेस गरिएको खाना खाने समूहमा माइक्रोबायोम बढी विविध थियो ।
उच्च UP समूहमाः

कम विविधता
बढी कब्जियत
पेट फुल्ने र दुखाइ

यसको सम्भावित कारण भनेको फाइबरको प्रकार फरक हुनु र बढी एडिटिभको उपस्थिति हो ।
अब के गर्ने ?
विशेषज्ञहरू भन्छन्–सबै एडिटिभ पूर्ण रूपमा त्याग्नु व्यावहारिक नहुन सक्छ । सारा बेरी भन्छिन्–सकेसम्म ताजा सामग्री प्रयोग गरेर घरमै पकाउनु उत्तम हो । केभिन ह्वीलन पनि सहमत छन्, ‘सामान्य मानिसलाई ‘कुनै पनि एडिटिभ भएको खाना कहिल्यै नखानु’ भन्नु उपयुक्त हुँदैन । तर हामीले स्वस्थ विकल्प रोज्नु पर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.