अत्यधिक प्रशोधित खानेकुरा खानु हुन्छ ? आन्द्राको सूक्ष्मजीवलाई यसरी गर्छ प्रभावित
काठमाडौं : हाम्रो शरीरभित्र अर्बौं–खर्बौं सूक्ष्मजीवहरूको व्यस्त संसार बसोबास गर्छ, जसलाई हामी ‘माइक्रोबायोम’ भन्छौ ं। यो हाम्रो स्वास्थ्यका धेरै पक्षहरूमा प्रभाव पार्छ ।
‘आन्द्राको विविधतालाई जंगल जस्तै सोच्न सकिन्छ । जति धेरै र फरक–फरक प्रकारका सूक्ष्मजीव हुन्छन्, त्यति नै कुनै अवरोध वा समस्यासँग जुध्ने क्षमता बढी हुन्छ’, मेलिसा लेन भन्छिन् । विज्ञानले धेरै अघि नै पुष्टि गरिसकेको छ कि स्वस्थ र विविध माइक्रोबायोम हाम्रो समग्र स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण छ । यसले हाम्रो मनोदशा, मेटाबोलिज्म र मस्तिष्कसम्म प्रभाव पार्छ ।
कम ब्याक्टेरियाली विविधता भएका मानिसहरूमा निद्रासम्बन्धी समस्या, कमजोर आन्द्रा स्वास्थ्य र बढी सूजन (इन्फ्लेमेसन) देखिन्छ । उच्च विविधता दीर्घायुसँग पनि जोडिएको छ । ‘यो एउटा सम्पूर्ण पारिस्थितिकी तन्त्र हो । यो हाम्रो शरीरको अतिरिक्त अङ्ग जस्तै हो’, सारा बेरी भन्छिन् । तर हामीले दैनिक खाने केही खाना यस पारिस्थितिकी तन्त्रलाई हानी पु¥याइरहेको हुनसक्छ । विशेष गरी अल्ट्रा–प्रोसेस गरिएको खानाले आन्द्राका सूक्ष्मजीवहरूलाई विघटन गर्न सक्छ ।
खाद्य पदार्थमा हुने एडिटिभ संयोजक पदार्थको प्रभाव
सुपरमार्केटमा कुनै पनि खाद्य वस्तुको लेबल हेर्दा तपाईंले इमल्सिफायर (emulsifiers), कृत्रिम मिठास, रङ जस्ता थुप्रै पदार्थहरू भेट्नु हुन्छ । यिले खानालाई स्वादिलो, कुरकुरे, आकर्षक बनाउने र लामो समयसम्म टिकाउने काम गर्छन् । उदाहरणका लागिः
आइसक्रिम नरम र छिटो नगल्ने हुनु, ब्रेड लामो समयसम्म नरम रहनु, केक धेरै दिनसम्म ओसिलो रहनु । यी सबैमा इमल्सिफायरको भूमिका हुन्छ । बेलायतमा गरिएको एक विश्लेषणले करिब ६,६४० खाद्य उत्पादनमा इमल्सिफायर भएको पत्ता लगाएको थियो । जुन परीक्षण गरिएका उत्पादनको करिब आधा हो ।
किन चिन्ताको विषय ?
अनुसन्धानहरूले देखाएका छन् कि यी एडिटिभहरूले आन्द्राको माइक्रोबायोममा नकारात्मक असर पार्न सक्छन् र इन्फ्लेमेटरी बाउल डिजिज, इरिटेबल बाउल सिन्ड्रोम र कोलोरेक्टल क्यान्सरसँग सम्बन्धित हुन सक्छन् । Benoit Chassaing ले Institut Pasteur मा गरेको मुसामा आधारित अध्ययनमा कम मात्रामा प्रयोग गरिएका दुई सामान्य इमल्सिफायरले ब्याक्टेरियालाई आन्द्राको भित्तासम्म नजिक ल्यायो, जसले सूजन र रोगका लक्षण उत्पन्न गर्यो ।
सामान्य अवस्थामा, आन्द्राको भित्तामा म्युकसको तहले सूक्ष्मजीवलाई सुरक्षित दूरीमा राख्छ । तर जब यो तह क्षति हुन्छ, दीर्घकालीन सूजन हुन सक्छ । मानिसमा गरिएको केही अध्ययनहरूले पनि सम्भावित सम्बन्ध देखाएका छन् :
१ लाखभन्दा बढी वयस्कमा गरिएको फ्रान्सेली अध्ययनले इमल्सिफायर बढी खानेहरूमा टाइप २ मधुमेहको जोखिम बढी देखायो ।
९०,००० भन्दा बढी वयस्कमा गरिएको अर्को अध्ययनले स्तन र प्रोस्टेट क्यान्सरसँग सम्भावित सम्बन्ध देखायो ।
यद्यपि यी सम्बन्ध मात्र हुन्, सानो मानव परीक्षणमा स्वस्थ व्यक्तिले इमल्सिफायरयुक्त खाना खाँदा आन्द्राका स्वस्थ ब्याक्टेरिया घटेको पाइएको छ । केभिन ह्वीलन र Chassaing ले क्रोन्स रोग भएका बिरामीमा गरेको क्लिनिकल ट्रायलले इमल्सिफायर कम भएको आहार अपनाउनेहरूमा लक्षण सुधार तीन गुणा बढी भएको देखायो ।
नियमनको अवस्था
युरोपियन फुड सेफ्टी अथोरिटीका अनुसार युरोपमा सबै खाद्य एडिटिभहरूलाई भ् नम्बर दिइन्छ र बजारमा प्रयोग गर्नुअघि सुरक्षाको मूल्यांकन गरिन्छ । त्यस्तै, Food and Drug Administration पनि खाद्य एडिटिभ प्रयोगअघि स्वीकृति आवश्यक हुने बताउँछ ।
तर समस्या के छ भने यी पदार्थहरू माइक्रोबायोममा कस्तो असर पार्छन् भन्ने परीक्षण अघिल्लो समय गरिँदैनथ्यो । साथै, धेरै एडिटिभहरू सँगै प्रयोग हुँदा ‘ककटेल प्रभाव’ हुन सक्छ, जसको असर छुट्टै अध्ययन गर्न कठिन हुन्छ ।
प्रोसेसिङ पनि महत्वपूर्ण
मेलिसा लेन र उनका सहकर्मीहरूले गरेको एक अध्ययनमा उच्च UPF आहारले आन्द्राको विविधता घटाएको पत्ता लाग्यो । दुबै समूहले समान क्यालोरी र पोषक तत्व पाए पनि, ताजा र न्यून–प्रोसेस गरिएको खाना खाने समूहमा माइक्रोबायोम बढी विविध थियो ।
उच्च UP समूहमाः
कम विविधता
बढी कब्जियत
पेट फुल्ने र दुखाइ
यसको सम्भावित कारण भनेको फाइबरको प्रकार फरक हुनु र बढी एडिटिभको उपस्थिति हो ।
अब के गर्ने ?
विशेषज्ञहरू भन्छन्–सबै एडिटिभ पूर्ण रूपमा त्याग्नु व्यावहारिक नहुन सक्छ । सारा बेरी भन्छिन्–सकेसम्म ताजा सामग्री प्रयोग गरेर घरमै पकाउनु उत्तम हो । केभिन ह्वीलन पनि सहमत छन्, ‘सामान्य मानिसलाई ‘कुनै पनि एडिटिभ भएको खाना कहिल्यै नखानु’ भन्नु उपयुक्त हुँदैन । तर हामीले स्वस्थ विकल्प रोज्नु पर्छ ।’
प्रतिक्रिया दिनुहोस !