निर्वाचन विरोधी आगो

निर्वाचन विरोधी आगो

निर्वाचन संघारमै आइपुगेको छ। दल र उम्मेदवारहरू प्रचारमा व्यस्त छन्। यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङमा एमालेको झण्डा जलाएपछि त्यसले मुठभेडको स्थिति सिर्जना गरेको छ। त्यसविरुद्ध देशैभरि एमाले कार्यकर्ता उत्रिएका छन्। ठाउँठाउँमा राँकेजुलुस निस्किएका छन्। 

निर्वाचन केवल मत हाल्ने प्राविधिक कुरा होइन। यसको प्रक्रिया पनि स्वच्छ र स्वस्थ हुनुपर्छ। तर, निर्वाचनका खेलाडीहरू नै अस्वस्थ प्रतिस्पर्धामा उत्रिए भने त्यसले निर्वाचनको वातावरण धमिलो बनाउँछ। दाङको घटनाले निर्वाचनको वातावरण धमिलो पारेको छ। निर्वाचन भनेको उत्तेजना र आवेगले गरिने प्रतिस्पर्धा हुनुहुँदैन। विचार र एजेन्डाका आधारमा प्रतिस्पर्धा हुनुपर्छ।

लोकतन्त्रमा विचारको विविधतामा हुन्छ। मतभेदहरू हुन्छन् तर मुठभेड हुनुहुँदैन। झण्डा कुनै दलको चिह्न वा प्रतीकमात्र होइन। यो त्यो दलमा आबद्ध लाखौं नागरिकको आस्था हो। कसैको आस्थामाथि आगो झोस्नु कदापि लोकतान्त्रिक शैली हुन सक्दैन। अर्काको विचार र अस्थाको पनि सम्मान गर्नुमात्रै लोकतान्त्रिक चरित्र हो। निर्वाचन आफ्नो पक्षमा पार्नकै लागि जुन भय सिर्जना गरियो, त्यसले रास्वपाको अलोकतान्त्रिक र अराजक शैली उजागर गरेको छ। यद्यपि, औपचारिक रूपमा भने रास्वपाले यो घटना आफ्नो पार्टीको तर्फबाट नभएको दाबी गरेको छ।

फ्रान्सेली दार्शनिक भोल्टेयरले भनेका थिए, ‘म तिम्रो विचारसँग असहमत हुन सक्छु तर तिम्रो बोल्न पाउने अधिकार रक्षाका लागि म ज्यान दिन तयार छु।’ लोकतन्त्रको मर्म भनेको त्यो हो। तर, भर्खरै उदाउँदै गरेको दलमै लोकतान्त्रिक चरित्र नदेखिने हो भने जनविश्वासमा दरार पैदा हुन्छ। 

लोकतन्त्रको अस्तित्वमाथि नै प्रश्न उठ्ने अवस्था आउँछ। जब विचारको अभाव हुन्छ तब भौतिक प्रतिस्पर्धामा उत्रने मन हुन्छ। रास्वपामाथि लागेको विचार र सिद्धान्त अभावको आरोपलाई मेट्दै जानुपर्थ्यो। मतदाताबीच पुगिरहँदा र आशालाग्दो राजनीतिक शक्ति बनिरहँदा रास्वपामा लोकतान्त्रिक चरित्र बढ्दै जानुपर्थ्यो। यो घटनामा आफ्नो संलग्नतालाई उसले दाबी गरे अनुसारै पुष्टि हुने सकेन भने आत्मघाती कदम हुनेछ। यसले जनतालाई निराश तुल्याउनेछ। यस्ता काम लोकतन्त्रका लागि पनि जोखिम हो।

निर्वाचन आयोगले आचारसंहिताको डन्डा चलाउनुपर्ने बेला आएको छ। यसै त निर्वाचन बिथोल्ने विभिन्न शक्तिहरू सलबलाइरहेका छन्। यस्तो संवेदनशील समयमा दलहरू आफैं संयमित हुनुपर्छ। अनि, निर्वाचन आयोगले पनि कडाभन्दा कडा कारबाहीका औजार चलाउनुपर्छ। आचारसंहिताको धज्जी उडाएर गरिने निर्वाचनले परिणाम जस्तो दिए पनि वैधताको प्रश्न उठ्छ। आयोगले र सरकारले समेत गम्भीर भई वास्तवमा चुनाव विरोधी यो गतिविधिमा आगो सल्काउने पक्ष कुन हो ?  निप्टारा लगाउनुपर्छ।

दण्डहीनताले अराजकतालाई मलजल गर्छ। आज झण्डा जलाउनेलाई कारबाही भएन भने भोलि त्यसभन्दा ठूला अपराध गर्ने साहस पैदा हुन सक्छ। रास्वपाका कार्यकर्ता दोषी छैनन् भने उसले स्पष्टीकरण दिनुपर्छ र दोषी भए सार्वजनिक माफी माग्नुपर्छ। फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन एवं सफल पार्नसमेत यो काम जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.