के कारणले टुटेको थियो रश्मिका-रक्षितको इंगेजमेन्ट?

के कारणले टुटेको थियो रश्मिका-रक्षितको इंगेजमेन्ट?
सुन्नुहोस्

काठमाडौं : रश्मिका मन्दाना र विजय देवरकोंडाबीचको सम्बन्धबारे चर्चा फेरि चुलिएको छ। यी दुईले आफ्नो प्रेम सम्बन्ध निकै गोप्य रूपमा अघि बढाएको चर्चा चलिरहँदा उनीहरूको विवाहका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। यही बीचमा रश्मिकाको पुरानो सम्बन्ध पनि चर्चामा आएको छ।

एक समय रश्मिका रक्षित शेट्ठीसँग सम्बन्धमा थिइन्। दुवैले इंगेजमेन्टसमेत गरेका थिए, तर पछि उनीहरूको सम्बन्ध टुट्यो। आखिर किन टुट्यो रश्मिका-रक्षितको सम्बन्ध?

रश्मिका मन्दाना र रक्षित शेट्टीको जुलाई २०१७ मा इंगेजमेन्ट भएको थियो। तर, सेप्टेम्बर २०१८ मा दुवैले ब्रेकअप गर्ने निर्णय गरे। इंगेजमेन्ट हुँदा रश्मिका २१ वर्षकी थिइन् भने रक्षित ३४ वर्षका थिए।

उनीहरूको भेट एक कन्नड फिल्मको सेटमा भएको थियो। त्यहाँबाट सुरु भएको मित्रता प्रेममा परिणत भयो र अन्ततः इंगेजमेन्टसम्म पुग्यो। तर, यो सम्बन्ध धेरै लामो समय टिक्न सकेन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुवैबीच तालमेल र सोचमा भिन्नता देखिन थालेको थियो। ‘किरिक पार्टी’पछि रश्मिकालाई लगातार राम्रा फिल्मका प्रस्ताव आउन थाले र उनको करियर तीव्र गतिमा अघि बढ्न थाल्यो। तर, रक्षित भने त्यति सहज महसुस गरिरहेका थिएनन् भन्ने चर्चा चल्यो।

रक्षितसँग सम्बन्ध टुटेपछि रश्मिकाको नाम विजय देवरकोंडासँग जोडियो। यद्यपि, दुवैले सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि भने कहिल्यै गरेनन्। इंगेजमेन्ट टुटेपछि सामाजिक सञ्जालमा उनलाई व्यापक ट्रोलसमेत गरियो। केहीले विजयसँगको निकटता नै ब्रेकअपको कारण भएको आरोप लगाए भने केहीले करियरका लागि रक्षितलाई प्रयोग गरेको टिप्पणी गरे। तर, रक्षितले भने सार्वजनिक रूपमा रश्मिकालाई आलोचना नगर्न आग्रह गरेका थिए।

इंगेजमेन्ट टुटेपछि रश्मिकाको परिवार निकै दुःखी भएको बताइन्छ। उनकी आमा सुमनले एक अन्तर्वार्तामा यस विषयले परिवारलाई केही समय अप्ठ्यारो परेको र विस्तारै त्यसबाट बाहिर निस्किरहेको बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.