रसुवाका किशोरीहरुलाई एचपीभी खोप

रसुवाका किशोरीहरुलाई एचपीभी खोप
सांकेतिक तस्वीर

रसुवा : किशोरी लक्षित गरी सञ्चालनमा ल्याइएको एचपीभी (ह्युमन प्यापिलो भाइरस) विरूद्वको खोप कार्यक्रम अन्तर्गत रसुवा का ३४६ जना किशोरीहरूलाई खोप लगाइएको छ । 

अभियानकै रूपमा सञ्चालन भएको छ । १० वर्ष पूरा भएका तथा कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाइ नियमित रूपमा एचपीभी खोप प्रदान गरिएको हो । जिल्लाका पाँच गाउँपालिकाहरूमा माघ २८ गतेदेखि फागुन ७ सम्म खोप कार्यक्रम सञ्चालन भएको जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आर्चायले जानकारी दिए । खोप सञ्चालनका लागि पाँच गाउँपालिकाभरी लक्षित किशोरीहरूको तथ्यांक संकलन गरी सोहि अनुसार जनशक्ति समेत परिचालन गरिएको थियो ।

खोप लागाउने सबैभन्दा बढि कालिका गाउँपालिकामा ९९ जना किशोरीहरूलाई खोप लगाइएको छ भने सबै भन्दा कम आमाछोदिङमो गाउँपालिकामा २९ जनालाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय रसुवाको सूचना अधिकारी तारापति बिसीले बताए । अभियानका रूपमा सञ्चालन हुँदै आएको एचपीभी खोप कार्यक्रम हाल नियमित खोप सेवामा समावेश गरिएको छ ।

नेपालमा महिलाको मृत्यु जनस्वास्थ्य कार्यालयले एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सरलगायत अन्य एचपीभी संक्रमणबाट हुने गम्भीर स्वास्थ्य समस्याबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । साथै लक्षित सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन आगामी दिनमा समेत नियमित रूपमा कार्यक्रमलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.