परिणाममूखी काम गरेर नेता बन्नका लागि होइन जनताको सेवक बन्न राजनीतिमा आएको हुँ : कुलमान घिसिङ
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले आफूहरूले देशका लागि परिणाममूखी काम गरेर राजनीतिमा होमिएको भन्दै आगामी दिनमा पनि देशमा सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न परिणाममुखी काम गर्ने बताएका हुन्।
देशलाई समृद्ध तथा अगाडि बढाउनको लागि उज्यालो नेपाल पार्टी दर्ता गरेर चूनावमा होमिएको उल्लेख गर्दै उनले आफूहरूले अघि सारेका एजेण्डाको कार्यान्वयनका लागि जनताले मत दिएर सरकारमा सशक्त रुपमा प्रस्तुत हुने मौका दिने धारणा राखे ।
उनले आफूहरू नेता बन्नका लागि नभइ जनताको सेवक हुनका लागि राजनीतिमा आएको बताए। घिसिङले देशमा देखिएका तमाम अँध्यारोलाई हटाएर उज्यालो ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !