श्रीलङ्कालाई हराए पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

श्रीलङ्कालाई हराए पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा
सुन्नुहोस्

काठमाडौं: आइसीसी टी२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत समूह बीको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको छ। 

श्रीलङ्कालाई हराए पनि पाकिस्तान अङ्कगणितीय रूपले नेट रन रेटमा पछाडि पर्दै विश्वकप २०२६ बाट बाहिरिएको हो। पाकिस्तान सेमिफाइनल समीकरणबाट बाहिरिएपछि न्युजिल्यान्ड समूह बीको उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। 

यसअघि नै इङ्ल्यान्ड समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको थियो। कोलम्बको पाल्लेकेले स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। पाकिस्तानले दिएको २१३ रनको विजय लक्ष्य पछाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन मात्रै बनाउन सक्यो। 

श्रीलंकाका लागि कप्तान दुसनन सनाकाले सर्वाधिक ७६ रन बनाए ।उनले ३१ बलमा २ चौका ८ छक्का प्रहार गरे। ओपनर कामिल मिशाराले २६ ,चारिथ आसलाङ्खाले २५ र पवन रथनायकेले ५८ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तानको लागि बलिङ तर्फ अबर्र अहमदले ३ विकेट लिए। साहिन शाह अफ्रिदी,नसिम शाह र मोहम्मद नवाजले १-१ विकेट लिए।

त्यसअघि,ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर साहिबज्यादा फर्हानले शतकीय पारी खेले । उनले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर फखर जमानले ८४ रनको पारी खेले उनले ४२ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १७६ रनको साझेदारी बनाएका थिए। त्यसपछि भने कुनै पनि बाटोले दोहोरो अङ्कको रन बनाउन सकेनन्। राम्रो सुरुवात पाएको पाकिस्तानले त्यसलाई निरन्तरता दिन नसक्दा सोचे अनुरुपको ब्याटिङमा लक्ष्य निर्धारण गर्न सकेन।

श्रीलङ्काको लागि बलिङतर्फ दिल्सन मधुसन्काले ३ विकेट लिए। कप्तान दुसन सनाकाले २ विकेट र दुश्मन्था चमेराले १ विकेट लिए। 

समूह बी बाट विश्वकप २०२६ को  सेमिफाइनल समीकरण स्पष्ट भएको छ। समूह बी को विजेताको रुपमा इंग्ल्यान्डले सेमिफाइनल खेल्नेछ भने उपविजेताका रुपमा न्युजिल्यान्डले सेमीफाइनल खेल्नेछ। समूह एबाट दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरिसकेको छ।आज समूह ए अन्तर्गत  सुपर ८ का २ खेलहरू छन्। 

जसमा पहिलो खेल दक्षिण अफ्रिका र जिम्बाब्वे बीच हुनेछ। दक्षिण अफ्रिका प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ। भने जिम्बाब्वे प्रतियोगितामा आफ्नो सुखद अन्त्य गर्न चाहन्छ। यी दुई टिमको खेल नेपाली समयअनुसार ३:१५ मा सुरु हुनेछ। 

दोस्रो सुपर ८ को खेल भारत र वेस्ट इन्डिज बीच हुनेछ। यो खेलबाट समूह ए बाट सेमीफाइनल खेल्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। यी दुई टोलीको खेल नेपाली समयअनुसार ७ :१५ मा सुरु हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.